शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा विशेष छुट

बुधबार, कात्तिक १४ २०८१
सानिमा बैंकका ग्राहकलाई बिगमार्टमा विशेष छुट

काठमाडौं- सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बिगमार्टसँग छुटको व्यवस्था गरेको छ।

उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा १० प्रतिशत वा दुईसय रूपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन्। यो अफर कात्तिक १५ देखि कात्तिक १८ सम्म लागु रहने बैंकले जनाएको छ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३३ वटा कार्यालयहरु तथा १ सय २४ वटा एटीएमहरु सञ्चालनमा रहेका छन्।

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको जनाएको छ। 


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११४:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend