शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

भैँसीपालक किसानलाई ४० हजार रूपैयाँ अनुदान

images
बुधबार, कात्तिक १४ २०८१
images
भैँसीपालक किसानलाई ४० हजार रूपैयाँ अनुदान

यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदानलगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ।

images
images

पाल्पा- भैँसीपालनमा प्रोत्साहन गर्न किसानलाई अनुदान वितरण गरिएको छ।

images
images
images

पाल्पाको तानसेन नगरपालिका-११ वडा कार्यालयले २५ किसानलाई अनुदान वितरण गरेको हो। यहाँका २५ किसानलाई प्रतिव्यक्ति ४० हजार रूपैयाँका दरले रकम उपलब्ध गराइएको छ।

images
images

किसानलाई दुहुनो भैँसीपालनका लागि ४० हजार रूपैयाँका दरले २५ जनालाई अनुदान रकम सहयोग गरिएको वडाध्यक्ष यादवसिं कार्कीले बताए। आर्थिक वर्ष २०८१/८२ को कुल बजेटको २० प्रतिशत बजेट कृषि तथा पशुपालनमा विनियोजन गरेको उनले जानकारी दिए।

images
images

वडामा कृषि र पशुपालनको सम्भावना रहेकाले किसानको मागका आधारमा यस वर्ष २५ भैँसीका लागि अनुदानमा सिफारिस गरिएको हो। किसानको आयआर्जन उकास्नका लागि किसानमुखी कार्यक्रममा वडाले जोड दिएको छ।

नगर प्रमुख सन्तोषलाल श्रेष्ठले आयआर्जनको माध्यम भनेको कृषि र पशुपालन रहेकाले यस क्षेत्रमा किसानलाई प्रोत्साहन गर्दै विभिन्न कार्यक्रममा सहयोगका कार्यक्रम नगरपालिकाबाट भइरहेको बताए।

नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ मा बजेट विनियोजन गरी हाते ट्याक्टर वितरण, मौरी घार वितरण, नापतौल मेसिन हस्तान्तरण, घाँसका बिरुवा वितरणजस्ता कार्यक्रम सञ्चालन गरेको छ। यहाँका किसानलाई व्यवसायमा हौसला बढाउन नगरपालिकाले अनुदानलगायतका विभिन्न कार्यक्रम अगाडि बढाएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११३:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend