मंगलबार, फागुन ६ गते २०८१    
मंगलबार, फागुन ६ २०८१
images
images

भरतपुर महानगरको छोरी बीमा कार्यक्रममा ८९१ छोरीको बीमा

images
बुधबार, कात्तिक १४ २०८१
images
images
भरतपुर महानगरको छोरी बीमा कार्यक्रममा ८९१ छोरीको बीमा

भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो।

images
images

चितवन- भरतपुर महानगरपालिकाले सञ्चालन गरेको छोरीको जीवन बीमा कार्यक्रममा आठसय ९१ जना छोरीको बीमा भएको छ। भरतपुर महानगरपालिकाका स्थायी बासिन्दाबाट सरकारी स्वास्थ्य संस्थामा जन्मिएका छोरीको बीमा गरिएको हो।

images
images
images

स्वास्थ्य तथा सामाजिक विकास महाशाखा निर्देशक शान्ताकुमारी पौडेलका अनुसार आर्थिक वर्ष २०७९/८० मा तीन सय ३८, आव २०८०/८१ मा चार सय १३ र चालु आवको हालसम्म एकसय ४० जना छोरीको बीमा भएको छ।

images
images

महानगरपालिकाले राष्ट्रिय बीमा कम्पनीमा बीमाबापत १५ वर्षसम्ममा ५० हजार रूपैयाँ बुझाउने गर्दछ। सोपश्चात बीमा कम्पनीले बीमितलाई एक लाख रूपैयाँ प्रदान गर्ने उनले बताइन्। पौडेलले भनिन्, 'अहिले हामीले बीमा भइसकेका छोरीहरूका लागि वार्षिक तीन हजार तीनसय २७ रूपैयाँ नवीकरण शुल्क बुझाउने गरेका छौँ।'

images
images
images

समाजमा छोराछोरी बराबरी हुन् भन्ने सन्देश दिँदै छोरी गर्भमा भएमा गर्भपतनसम्म गराउने परिपाटीको अन्त्य गराउन बीमा कार्यक्रम प्रभावकारी हुने उनले बताइन्।

महानगरपालिकाले छोरी लक्षित विभिन्न कार्यक्रम विद्यालयमार्फत पनि सञ्चालन गर्दै आएको छ। रासस


प्रकाशित : बुधबार, कात्तिक १४ २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend