शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्यमा कीर्तिमान, तोलाकै एक लाख ७० हजार नाघ्यो

बुधबार, कात्तिक १४ २०८१
सुनको मूल्यमा कीर्तिमान, तोलाकै एक लाख ७० हजार नाघ्यो

बुधबार सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले बढेको छ।

काठमाडौं- बुधबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार दुईसय रूपैयाँले वृद्धि हुँदै तोलाकै एक लाख ७० हजार सातसय रूपैयाँ पुगेको छ। जुन हालसम्मकै उच्च मूल्य हो।

यो साता आइतबार कीर्तिमानी बिन्दुमा पुगेर सोमबार घटेको सुनको मूल्य मंगलबार पुन: उकालो लाग्दै हालसम्मकै महँगो भएको थियो। मंगलबार सुन हालसम्मकै महँगो मूल्य प्रतितोला एक लाख ६८ हजार पाँचसय रूपैयाँमा कारोबार भएको थियो।

बुधबार पनि उकालो लागेको सुनको मूल्यले मंगलबारको कीर्तिमानी रेकर्ड ब्रेक गरेको हो। यसअघि आइतबार प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि हुँदै सुन हालसम्मकै उच्च कायम थियो भने सोमबार प्रतितोला चारसय रूपैयाँले घटेको थियो।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्व बजारमै सुनको मूल्यले भने नयाँ उचाइ लिइरहेको छ। अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गर्दै आएका छन्।

सुनको मूल्य आगामी १ वर्षमा प्रतिऔँस २९ सय ४१ डलरसम्म पुग्ने अनुमान विभिन्न संघसंस्थाहरुले गरेका छन्।

सोमबार प्रतितोला २० रूपैयाँले घटेर मंगलबार प्रतितोला ४० रूपैयाँले वृद्धि भएको चाँदीको मूल्य पनि बुधबार प्रतितोला १५ रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार मंगलबार प्रतितोला दुई हजार एकसय पाँच रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला दुई हजार एकसय २० रूपैयाँ तोकिएको छ।


प्रकाशित : बुधबार, कात्तिक १४ २०८१११:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend