मंगलबार, माघ २९ गते २०८१    
मंगलबार, माघ २९ २०८१
images
images

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

images
मंगलबार, कात्तिक १३ २०८१
images
images
नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील छन् भने ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन्।

images
images

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवर्द्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसका लागि सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन्।

images
images
images

केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित गर्नुपर्ने पक्षमा आफू रहेको बताए। उनले संसद्को आगामी अधिवेशनमा उक्त विधेयकलाई प्राथमिकताका साथ प्रस्तुत गरिने बताए।

images
images

ऊर्जामन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले त्यसलाई पूरा गर्न केन्द्रको भूमिका महत्वपूर्ण हुने बताए। 

images
images
images

मन्त्री खड्काले कार्यक्रममा नवीकरणीय ऊर्जा विकासको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान गरे।

ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङले नवीकरणीय ऊर्जाका माध्यमबाट विद्युत् नभएका स्थानमा उज्यालो पुर्‍याउन केन्द्रले निर्वाह गरेको भूमिकाको सराहना गरे। उनले विद्युतमा पहुँच नभएका ग्रामीण इलाकामा नवीकरणीय ऊर्जा उत्पादन गर्न केन्द्रलाई सुझाव दिए।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सुरेश आचार्यले राष्ट्रिय प्रसारण लाइन नपुगेका क्षेत्रमा सौर्य प्यानलका माध्यमबाट ऊर्जा उत्पादन भएको जानकारी दिए।

केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले स्थापनाकालदेखि नै केन्द्रले अहोरात्र काम गरी हालसम्म ४० हजार दुई सय ५३ किलोवाट लघु तथा साना जलविद्युत् आयोजना निर्माण गरेको जानकारी दिए। केन्द्रले हालसम्म देशका ३६ लाख ५० हजार घरमा नवीकरणीय ऊर्जा सेवा प्रवाह गरेको उनले बताए।

देशभर नवीकरणीय ऊर्जाको क्षेत्रमा पाँच सयभन्दा बढी कम्पनी क्रियाशील रहेका छन् भने ती कम्पनीमा ४० हजारभन्दा बढीले रोजगारी पाएका छन्। वार्षिकोत्सवका अवसरमा कर्मचारीहरुले रक्तदान गरेका थिए। रासस


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११५:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend