शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

पोर्टफोलियो व्यवस्थापन सेवामा एनआइएमबि एस क्यापिटलले ५० प्रतिशत छुट दिने

मंगलबार, कात्तिक १३ २०८१
पोर्टफोलियो व्यवस्थापन सेवामा एनआइएमबि एस क्यापिटलले ५० प्रतिशत छुट दिने

यस योजनाअन्तर्गत कम्पनीले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत र एक्जिट लोड फि नि: शुल्क गर्ने जनाएको छ।

काठमाडौं- एनआइएमबि एस क्यापिटलले आफ्नो पोर्टफोलियो व्यवस्थापन सेवा(पीएमएस)मा ५० प्रतिशत छुट दिने योजना सार्वजनिक गरेको छ।

दसैँतिहार लक्षित उक्त योजना कात्तिक महिनाभरी सञ्चालनमा रहने कम्पनीले जनाएको छ। यस योजनाअन्तर्गत कम्पनीले वार्षिक व्यवस्थापन शुल्कमा ५० प्रतिशत र एक्जिट लोड फि नि: शुल्क गर्ने जनाएको छ।

एनआईएमबि एस क्यापिटलले पोर्टफोलियो व्यवस्थापन सेवाअन्तर्गत अनुभवी तथा दक्ष पोर्टफोलियो व्यवस्थापकहरुमार्फत सेवाग्राहीको लगानीलाई विविधीकरण गरी उचित प्रतिफल प्रदान गर्दै आएको छ। यस कम्पनीले पीएमएस सेवा सञ्चालनमार्फत लगानीकर्ताको लगानी पोर्टफोलियो बलियो बनाउँदै भविष्यमा उच्च प्रतिफल सृजना गर्न मद्दत गर्दै आएको छ।

बलियो र सक्रिय जोखिम व्यवस्थापन, इक्विकटीसम्बन्धी जोखिमहरु पर्याप्तरुपमा फैलाउन पोर्टफोलियो विविधीकरण, सक्रिय र नियमित मासिक समीक्षा र पोर्टफोलियो पुन: सन्तुलन, अनुभवी र व्यावसायिक कोष व्यवस्थापन टोली, एक रणनीतिबाट अर्कोमा स्विच गर्न लचिलोपन, थप लगानी सुविधा, लाभ निकासी सुविधा र अनलाइन पहुँचमार्फत कम्पनीले आफ्ना सेवाग्राहीलाई पोर्टफोलियो व्यवस्थापन सेवामार्फत उच्चतम प्रतिफल दिन सफल रहँदै आएको छ। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११४:०१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend