शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी

images
मंगलबार, कात्तिक १३ २०८१
images
कृषिमा नयाँ सोचका साथ काम गर्न आवश्यक छ : मन्त्री अधिकारी

कृषिमन्त्री रामनाथ अधिकारीले कृषि वैज्ञानिक र प्राविधिकहरुलाई नयाँ-नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे।

images
images

नेपालगञ्ज- कृषि तथा पशुपक्षी विकासमन्त्री रामनाथ अधिकारीले गरीब र निमुखा जनताको जीवनस्तर उकास्ने गरी नयाँ सोचका साथ काम गर्न आवश्यक रहेको बताएका छन्।

images
images
images

नेपाल कृषि अनुसन्धान परिषद् कृषि अनुसन्धान निर्देशनालय खजुराको आज निरीक्षण गर्दै मन्त्री अधिकारीले किसानसँग नजिक हुने र उत्पादन वृद्धि गर्ने गरी काम गर्नुपर्ने आवश्यकता औँल्याए। उनले कृषि वैज्ञानिक र प्राविधिकहरुलाई नयाँ-नयाँ रोग र समस्या पत्ता लगाउनतर्फ केन्द्रित हुन आग्रह गरे।

images
images

'कृषि वैज्ञानिक र प्राविधिकहरु कृषि कर्म गर्नेहरुका अभिभावक हो, त्यसैले उहाँहरुसंग निरन्तर साक्षात्कार गर्नुस्,' मन्त्री अधिकारीले भने, 'कृषि सुधार्न तपाईँहरुको अहम भूमिका छ।'

images
images

मन्त्री अधिकारीले कृषि विकासमा देखिएका थुप्रै समस्या सुधार गर्न प्रयत्न भइरहेको बताए। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) का समस्या चाँडोभन्दा चाँडो व्यवस्थापन गर्ने गरी काम भइरहेको उनले जानकारी दिए। नार्कमा देखिएको जनशक्ति अभावलाई सम्बोधन गर्न नसकिएको स्वीकार्दै मन्त्री अधिकारीले यसमा पनि काम भइरहेको बताए।

नार्क आफैमा ऐतिहासिक पृष्ठभूमि बोकेको संस्था भएर पनि लथालिङ्ग र विचलित अवस्थामा पुग्नु दुःखद् भएको उनको टिप्पणी छ। मन्त्री अधिकारीले आत्मालोचना, आत्ममूल्यांकन र आत्मसमीक्षा गरेर आ-आफ्नो जिम्मेवारी कुशलतापूर्वक निभाउन कर्मचारीलाई आग्रह गरे।

यसैगरी खजुरामै रहेको कोसेबाली अनुसन्धान कार्यक्रमको पनि मन्त्री अधिकारीले निरीक्षण गरेका छन्। कार्यक्रम संयोजक डा. अनिल पोखरेलले कार्यक्रमबारे जानकारी गराएका थिए।

मन्त्री अधिकारीले नेपालगन्ज दुग्ध वितरण आयोजना कोहलपुरको पनि अवलोकन गरेका छन्। आयोजना प्रमुख दिलिप चौधरीले आयोजनाका बारेमा जानकारी गराएका थिए। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११२:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend