शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ

images
मंगलबार, कात्तिक १३ २०८१
images
छठ पर्वका लागि बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ
फाइल तस्बिर

छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन्।

images
images

महोत्तरी- छठ पर्व नजिकिँदै गर्दा अहिले महोत्तरीका डोम समुदायलाई बाँसका भाँडाकुँडा बनाउन भ्याइनभ्याइ भएको छ। छठमा बाँसका डोको, डालोलगायत सामग्रीको माग बढी आउने भएकाले यहाँका डोम समुदाय व्यस्त छन्।

images
images
images

गाँस, बास र कपासका लागि बाँसका भाँडाकुँडा बनाउने पेसा पुर्खादेखि हस्तान्तरण हुँदै आएकाले यसलाई निरन्तरता दिएको जलेश्वर नगरपालिका-२ का भोगिन्द्र डोमले बताए। छठमा माग बढी हुने भएकाले कात्तिकभरिको कमाइबाट चाडपर्व मनाउने अवसर प्राप्त हुने उनको भनाइ छ।

images
images

जिल्लाको जलेश्वर, मटिहानी, पिपरा, औरही, गौशाला, सम्सी, सोनमा, रामगोपालपुर, एकडारा, मनरालगायत स्थानमा बसोबास गर्ने डोम समुदाय छठ पर्वका लागि बाँस र बेतबाट डालो, नाङ्ग्लो, टालु, टपरीलगायत भाँडाकुँडा बनाउन व्यस्त भएका हुन्।

images
images

बाँसको चोयाबाट डालो, नाङ्ग्लो बुन्दै गरेकी मनरासिस्वा नगरपालिका-१ की ७० वर्षीया बेचनी डोमिनले भनिन्, 'कात्तिक लाग्नेबित्तिक्कै घरका सबैले बिहानदेखि बेलुकासम्म डालो, नाङ्ग्लो र टालु टपरी बनाउने काम पाएका छौँ। छठमा यी सामग्री बेच्दा मनग्य आम्दानी हुने भएकाले यसलाई अवसरका रुपमा लिएका छौँ।' 

छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाट बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच/सात वटा बाँसका भाँडाकुँडाहरु किन्नुपर्दछ।

छठको आगमनसँगै डोम समुदायका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने विश्वास रहेको पिपरा-१ का बिकाउ डोमले बताए। सोही कारण दिनरात व्रतालुहरुका निम्ति बाँसका भाँडाकुँडा बनाउने गरेको उनको भनाइ छ। 

सम्सी गाउँपालिका-४ का मनोज डोमले डालो, नाङ्ग्लो र टालु टपरी बेचेर कात्तिक भएको आम्दानीले वर्षभरिको खर्चको जोहो गर्ने बताए। सोनमा गाउँपालिका-३ का विजय डोमले घरका बालकदेखि बुढासम्मले डालो, नाङ्ग्लो बेचेर प्रतिव्यक्ति २० हजार रूपैयाँदेखि २५ हजार रूपैयाँ र प्रत्येक परिवारले एक लाख रूपैयाँसम्म आम्दानी गर्ने गरेका जानकारी दिए। पछिल्लो समय छठ पर्व मनाउनेको सङ्ख्यामा वृद्धि हुँदै जाँदा बजार माग पनि बढी भएको उनको भनाइ छ। रासस


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend