बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेर हालसम्मकै महँगो भयो सुन

images
मंगलबार, कात्तिक १३ २०८१
images
images
प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेर हालसम्मकै महँगो भयो सुन

मंगलबार प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेर सुनको मूल्यमा कीर्तिमान कायम हुँदा चाँदी प्रतितोला ४० रूपैयाँले महँगिएको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ६८ हजार पाँचसय रूपैयाँ पुगेको छ।

images
images

यो साता आइतबार कीर्तिमानी बिन्दुमा पुगेर सोमबार घटेको सुनको मूल्य मंगलबार पुन: उकालो लाग्दै हालसम्मकै महँगो भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेको हो।

images
images

यसअघि आइतबार प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि हुँदै सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको थियो। सोमबार भने प्रतितोला चारसय रूपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार पुन: बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो।

images
images

सोमबार प्रतितोला २० रूपैयाँले घटेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ।

मंगलबार चाँदी प्रतितोला दुई हजार एकसय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। 

यो साता आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको थियो भने सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ६५ रूपैयाँ तोकिएको थियो। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend