शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेर हालसम्मकै महँगो भयो सुन

मंगलबार, कात्तिक १३ २०८१
प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेर हालसम्मकै महँगो भयो सुन

मंगलबार प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेर सुनको मूल्यमा कीर्तिमान कायम हुँदा चाँदी प्रतितोला ४० रूपैयाँले महँगिएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्य तोलाकै एक लाख ६८ हजार पाँचसय रूपैयाँ पुगेको छ।

यो साता आइतबार कीर्तिमानी बिन्दुमा पुगेर सोमबार घटेको सुनको मूल्य मंगलबार पुन: उकालो लाग्दै हालसम्मकै महँगो भएको छ। मंगलबार सुनको मूल्य प्रतितोला एक हजार पाँचसय रूपैयाँले बढेको हो।

यसअघि आइतबार प्रतितोला एक हजार चारसय रूपैयाँले वृद्धि हुँदै सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको थियो। सोमबार भने प्रतितोला चारसय रूपैयाँले घटेर प्रतितोला एक लाख ६७ हजार रूपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार पुन: बढेर कीर्तिमानी बिन्दुमा पुगेको हो।

सोमबार प्रतितोला २० रूपैयाँले घटेको चाँदीको मूल्य पनि मंगलबार प्रतितोला ४० रूपैयाँले वृद्धि भएको छ।

मंगलबार चाँदी प्रतितोला दुई हजार एकसय पाँच रूपैयाँमा कारोबार भइरहेको छ। 

यो साता आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको थियो भने सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ६५ रूपैयाँ तोकिएको थियो। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८१११:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend