शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

काठमाडौं-तराई द्रुतमार्गको विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर १ करोड २८ लाख ठगी

images
मंगलबार, कात्तिक १३ २०८१
images
काठमाडौं-तराई द्रुतमार्गको विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर १ करोड २८ लाख ठगी

टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिएका थिए।

images
images

काठमाडौं- काठमाडौं-तराई द्रुतमार्ग (फाष्टट्रयाक) को विचाराधीन मुद्दा जिताइदिने लोभ देखाएर १ करोड २८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। 

images
images
images

ललितपुरको भैँसेपाटी बस्ने वर्ष ४५ का रवीन्द्र महर्जनलाई काठमाडौंको बुद्धनगरबाट सोमबार पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी, प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिए।

images
images

आचार्यका अनुसार आरोपितले उजुरीकर्तासँग भेटघाट गरी काठमाडौं-निजगढ द्रुतमार्गको टेण्डरमा सहभागी हुने क्रममा भएको निर्णयउपर सम्मानित उच्च अदालतमा विचाराधीन रहेको मुद्दा जिताइदिन्छु भन्दै रकम मागेको र रकम नदिएमा मुद्दा हराइ दिने धम्की दिइ १ करोड २८ लाख रुपैयाँ लिएर फरार भएका थिए। 

images
images

'कार्यालयमा जाहेरी परेपछि काठमाडौं जिल्ला अदालतबाट यही ६ गते पक्राउ अनुमति जारी भएको थियो। खोजतलास गर्ने क्रममा प्रहरी टोलीले आज दिउँसो १ बजे पक्राउ गरेको हो' उनले भने। 


प्रकाशित : मंगलबार, कात्तिक १३ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend