शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

नेपाली बजारमा भित्रियो साटो, मनोज गजुरेल बने ब्रान्ड एम्बास्डर

सोमबार, कात्तिक १२ २०८१
नेपाली बजारमा भित्रियो साटो, मनोज गजुरेल बने ब्रान्ड एम्बास्डर

कम्पनीले आफ्नो ब्रान्ड एम्बास्डरमा हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई बनाएको छ।

काठमाडौं-  टाँस्ने र जोड्ने काममा प्रयोग हुने साटो ब्रान्ड नेपालमा भित्रिएको छ। नेपालमा पहिलोपटक औपचारिक रुपमायो ब्रान्ड भित्रिएको हो। 

नेपालका लागि साटोको आधिकारिक विक्रेता ट्राईनोक्स एडेसिभ प्राइभेट लिमिटेड रहेको छ। यो कम्पनीले आईतबार काठमाडौंमा एक कार्यक्रम गरी साटोलाई सार्वजनिक गरेको हो। 

कम्पनीले आफ्नो ब्रान्ड एम्बास्डरमा हास्यव्यंग्य कलाकार मनोज गजुरेललाई बनाएको छ। 

कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक संजय सिंघानीयाले विश्वभरका ग्राहकहरूको मन जित्दै छोटो समयमै लोकप्रिय भएको साटो ब्राण्डले नेपाली उपभोक्तको पनि विश्वास जित्न सफल हुने दाबी गरेका छन्। 

भारत, चीन, हङकङ, कतार, दुबई र हाल नेपालसम्म आफ्नो बजार विस्तार गरेको साटो विश्वसनीयता र स्थायीत्वको प्रतिमूर्ति बन्न सफल भएको कम्पनीका निर्देशक एवंम प्रमुख कार्यकारी अधिकृत सुजीत मधोगोरियाले बताए। 

साटोले मिक्सिङ, ब्लेन्डिंग, र प्याकेजिङका लागि स्वचालित प्रणालीको प्रयोगबाट उत्पादन गर्दै आएको छ । 

 


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११७:५५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend