शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर, ३ जनाले नै पाउनेछन् एक हजार युनिट एसआईपी

सोमबार, कात्तिक १२ २०८१
एनआइएमबि एस क्यापिटलले ल्यायो धनतेरस अफर, ३ जनाले  नै पाउनेछन् एक हजार युनिट एसआईपी

यो योजनामा तीनजना भाग्यशालीले १ हजार युनिट एसआईपी फ्रिमा पाउने छन्। यो अफर कात्तिक १३ को लागि रहेको कम्पनीले जनाएको छ।

काठमाडौं- एनआइएमबि एस क्यापिटल लिमिटेडले धनतेरस अफर सार्वजनिक गरेको छ।

कम्पनीले एनआईएमबि एस व्यवस्थित लगानी योजना (एसआईपी) मा खाता खोल्नेले अफर योजनामा सहभागी हुन पाउनेगरी योजना सार्वजनिक गरेको हो। यो योजनामा तीनजना भाग्यशालीले १ हजार युनिट एसआईपी फ्रिमा पाउने छन्। यो अफर कात्तिक १३ को लागि रहेको कम्पनीले जनाएको छ।

एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहि एनआइबिएल म्युचुअल फण्ड तथा मेगा म्युचुअल फण्डअन्तर्गत विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएको छ।

धितोपत्र बोर्डबाट इजाजत प्राप्त मर्चेन्ट बैंकरको रूपमा यस कम्पनीले आईपीओ जारी तथा बिक्री व्यवस्थापन, सेयर रजिस्टार, डिम्याट सेवा, प्रत्याभूति सेवा र लगानी व्यवस्थापन सेवा जस्ता सुविधाहरू प्रदान गर्दै आएको छ। 

हाल एनआइएमबि एस क्यापिटलले १० अर्ब रूपैयाँभन्दा बढी मूल्यांकन भएका पाँचवटा म्युचुअल फण्डहरूको व्यवस्थापन र लगानी व्यवस्थापन सेवाअन्तर्गत लगानीकर्ताको ६ अर्ब रूपैयाँभन्दा बढी रकमको लगानी व्यवस्थापन गर्दै नेपालको वित्तीय क्षेत्रमा आफूलाई अग्रस्थानमा राख्न सफल राख्दै आएको छ।

हालसम्म ४१ लाखभन्दा बढी ग्राहकहरूलाई आफ्नो सेवा प्रदान गरेको एनआइएमबिले ५० हजारभन्दा बढी डिम्याट खाताहरू व्यवस्थापन गर्नुका साथै दुईसयभन्दा बढी आईपीओ/एफपीओ जारी गर्न सफल रहेको जनाएको छ।

एनआइएमबि एस क्यापिटलले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फण्ड प्रबन्धकको रूपमा समेत धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त गरेको छ।

यस कम्पनीले १० अर्बभन्दा धेरैको लगानी क्षमता रहेको प्राइभेट इक्विटी फन्ड-एनआईबीएल इक्विटी पार्टनर्सको व्यवस्थापन पनि गर्छ। एनआइएमबिका अनुसार हालसम्म एनआईबीएल इक्विटी पार्टनर्सले एक अर्बभन्दा बढी लगानी गरिसकेको छ भने भविष्यमा सक्रिय रूपमा थप कोष लगानी गर्ने योजना रहेको कम्पनीले जनाएको छ।


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११६:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend