आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

पर्वत र गुल्मी जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण

images
सोमबार, कात्तिक १२ २०८१
images
पर्वत र गुल्मी जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण

पुल निर्माण भएपछि पर्वत र गुल्मीका नागरिकको यात्रा सहज बनेको छ। पुल निर्मासँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन्।

images
images

पर्वत- पर्वत र गुल्मी जिल्ला जोड्न कालीगण्डकीमाथि पक्की पुल निर्माण गरिएको छ। पर्वतको विहादी गाउँपालिका-३ रानीपानीको इमिचौरदेखि गुल्मीको कालीगण्डकी गाउँपालिका-४ पूर्तिघाट जोड्ने गरी कालीगण्डकी नदीमा पुल निर्माण गरिएको हो।

images
images
images

तीन वर्षमा सम्पन्न गर्नेगरी २०७३ भदौमा १४ करोड ६७ लाख रूपैयाँमा पुल बनाउन सम्झौता भएको थियो। सम्झौताअनुसार निर्माण व्यवसायीले २०७६ चैतसम्म कार्यसम्पन्न गरी हस्तान्तरण गर्नुपर्ने थियो। विविध कारणले आठ वर्षपछि मात्र पुल निर्माण सम्पन्न भएको हो।

images
images

पुल निर्माणको जिम्मा पाएको एलिट कन्स्ट्रक्सन प्रालि काठमाडौंका साइड इन्चार्ज अच्युत लम्सालले कोरोना सङ्क्रमण, निर्माण सामग्री अभाव तथा सरकारबाट रकम भुक्तानीमा भएको ढिलाइ लगायतका कारणले पुल निर्माण समयमै सम्पन्न हुन नसकेको बताए।

images
images

पुल निर्माणका लागि तत्कालीन तम्घास सिमलटारी प्युठान सडक आयोजना गुल्मी र एलिट कन्ट्रक्सन प्रालि काठमाडौंबीच सम्झौता भए पनि बीचमा उक्त कार्यालय नै खारेज भएका कारण पुल निर्माण कार्य लम्बिएको थियो।

विसं २०७९ मा सडक डिभिजन कार्यालय पाल्पामार्फत् कार्यान्वय हुने गरी दायित्व हस्तान्तरण भएपछि पुल निर्माणले गति लिएको थियो। सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमले लामो समयपछि पुल निर्माण सम्पन्न भई सञ्चालनमा आएको बताइन्।

पुल निर्माण भएपछि पर्वत र गुल्मीका नागरिकको यात्रा सहज बनेको छ। पुल निर्मासँगै उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर र पर्वत खण्डतर्फको कालीगण्डकी लोकमार्ग समेत जोडिएका छन्।

पुल सम्पन्न भए पनि निर्माण व्यवसायीले काम गरेको रकम लिन बाँकी रहेको छ। निर्माण व्यवसायीका साइड इन्चार्ज अच्युत लम्सालले कार्यालयबाट चार करोड रूपैयाँ भुक्तानी लिन नसक्दा समस्या परेको बताए।

सडक डिभिजन कार्यालय पाल्पाका सूचना अधिकारी दुर्गा गौतमका अनुसार रकम अभावका कारण भुक्तानी दिन नसकिएको बताए। बजेटका लागि विभागमा माग गरिएको र बजेट आउनासाथ भुक्तान गरिने उनको भनाइ छ। रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११३:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend