आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सिटिजन्स बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

images
सोमबार, कात्तिक १२ २०८१
images
सिटिजन्स बैंकको १८औँ वार्षिक साधारणसभा सम्पन्न

सोमबार सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ।

images
images

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।

images
images
images

बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा सोमबार काठमाडौंमा सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ।

images
images

बैंकको लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तको एनएफआरएस बमोजिम तयार गरिएको वासलात, आव २०८०/८१ को नाफा नोक्सानीको हिसाब तथा नगद प्रवाह विवरणलगायतका एकीकृत वित्तीय विवरणहरु समेत सभामा छलफल भइ स्वीकृत भएको बैंकले जनाएको छ।

images
images

त्यसैगरी साधारण सभाले गत आर्थिक वर्ष २०८०/८१ को वितरण योग्य मुनाफाबाट २०८१ असार मसान्तको चुक्तापुँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रूपैयाँको ४ प्रतिशतले हुने ५६ करोड ८० लाख ३८ हजार ९ सय ६० रूपैयाँ बोनस सेयर र कर प्रयोजनको लागि नगद लाभांश ०.२१ प्रतिशतले हुने दुई करोड ९८ लाख ९६ हजार ७ सय ८७ रूपैयाँसहित ५९ करोड ७९ लाख ३५ हजार ७ सय ४७ रूपैयाँ लाभांश दिने प्रस्ताव पनि पारित गरेको छ।

सभाका अध्यक्षले सेयरधनीहरुबाट प्राप्त सुझावअनुसार बैंकको काम कारबाही सञ्चालन गर्ने र भविष्यमा बैंकले अझ बढी प्रगति हासिल गर्न सक्ने विश्वास व्यक्त गरे।

साथै संस्थागत सुशासन तथा अनुपालनाको स्तरलाई उच्चतम राख्ने विषयमा बैंकले सदैव महत्व दिँदै आएको र आगामी दिनहरुमा समग्र बैंकको संस्थागत सुशासन तथा अनुपालनाको अवस्थालाई थप सबल तथा सुदृढ बनाउँदै जानेतर्फ बैंक प्रतिबद्ध रहेको बताए।

यसका साथै सेयरधनी तथा बैंकसँग सम्बन्धित सम्पूर्ण सरोकार पक्षहरुले पुर्‍याएको सहयोगको लागि धन्यवाद प्रकट गर्दै उनले यस्तै सहयोग तथा सदाशयता निरन्तर प्राप्त हुने आशा प्रकट गरे।

सिटिजन्स बैंकले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १ सय ९७ वटा शाखा, १ सय ६२ वटा एटीएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखारहित बैंकिङ इकाइहरुबाट १८ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा प्रदान गरिरहेको छ।


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११३:००

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend