शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, संयुक्त राष्ट्र संघका आठौं महासचिव बान कि मुन पनि सहभागी

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक १२ २०८१
ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट चीनमा सम्पन्न, संयुक्त राष्ट्र संघका आठौं महासचिव बान कि मुन पनि सहभागी

उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिए। साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो(कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वानसमेत उनले गरे।

काठमाडौं- ग्लोबल भिजनको साथ दिगो भविष्य निर्माणका लागि ओमोडा एन्ड जेइको इन्टरनेसनल युजर समिट(शिखर सम्मेलन) चीनको वुहुमा हालै सम्पन्न भएको छ। उक्त समिट अन्तर्गतको ‘लार्ज-स्केल ग्रिन च्यारिटी साइक्लिङ इभेन्ट’मा संयुक्त राष्ट्र संघका आठौँ महासचिव बान कि मुनले सहभागिता जनाइ आफ्नो धारणा पनि राखेका थिए। 

सम्मेलनमा ‘ओमोडा एन्ड जेइको’को प्यारेन्ट कम्पनि र आइयुसिएन (इन्टरनेसनल युनियन फर कन्जर्भेसन अफ नेचर)बीच 'चेरिस नेचर' नामक ग्लोबल कोअपरेसन प्रोजेक्ट(सहयोग परियोजना)मा हस्ताक्षरसहित परियोजनाको औपचारिक आरम्भ भएको थियो।

सम्मेलनमा बान कि मुनले विश्वव्यापी नयाँ ऊर्जा क्षेत्र (ग्लोबल न्यु इनर्जी सेक्टर)मा ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनीको योगदानप्रति प्रशंसा गरे। उनले दिगो विकासको अवधारणालाई प्रवर्द्धन गर्न र वातावरण संरक्षणको जनचेतना जगाउन ‘ग्रिन साइक्लिङ इनिसिएटिभ’को महत्त्वलाई जोड दिए। साथै ‘ग्रिन ट्रान्सफर्मेसन’ तथा ‘लो-कार्बन फ्युचर’ हासिल गर्न विश्वव्यापी सहकार्यको लागि आह्वानसमेत उनले गरे। 

बान कि मुनको सन्देश पछि दिगो उच्च गुणस्तरीय विकासको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै समाजमा समानुपातिक विकास हासिल गर्न, ओमोडा एन्ड जेइकोको प्यारेन्ट कम्पनिले विश्वव्यापी इएसजी (इन्भायरमेन्टल, सोसियल, र गभर्नेन्स) अलाएन्स स्थापना भएको घोषणा गरेको छ। यो पहलले विभिन्न क्षेत्रहरूसँग सहकार्य बढाउँदै 'इनोभेसन, ग्रिन, एन्ड सेयरिङ' (नवप्रवर्तन, दिगो, र साझेदारी) मा केन्द्रित ग्लोबल इको-कम्युनिटी निर्माण गर्ने लक्ष्य लिएको छ।

सम्मेलनमा नेपालको तर्फबाट ओमोडा एन्ड जेइको नेपालका ग्राहक तथा उपभोक्ता राजन सापकोटा र मिलन चाम्लिङको पनि सहभागी रह्यो। आफ्नो ग्रुप भरीमा नै नयाँ ऊर्जाको क्षेत्रमा अग्रणी ब्रान्ड रहेको ओमोडा एन्ड जेइको, इएसजी इनिसिएटिभको अग्रपङ्क्तिमा रहेर विश्वव्यापी रणनीतिहरूमार्फत स्थानीय विकास(लोकल डेभलपमेन्ट) प्रवर्द्धन गर्दै, प्राविधिक विकासमार्फत प्रणालीगत सुधार तथा नवप्रवर्तन (इनोभेसन) गर्न प्रतिबद्ध रहेको छ।

यसका साथै ओमोडा एन्ड जेइकोले आफ्नो रणनीतिलाई 'उत्पादन-उन्मुख' बाट 'प्रविधि-उन्मुख' तर्फ सफलतापुर्वक परिवर्तन गरेको छ। नयाँ प्रविधि विकासमा प्रयोगकर्ताको माग तथा आवश्यक्तालाई प्राथमिकतामा राखी, नयाँ ऊर्जा प्रविधिको साथमा उत्कृष्ट विश्वव्यापी उत्पादन प्रणाली (ग्लोबल प्रोडक्ट सिस्टम) सिर्जना गर्नमा ओमोडा इन्ड जेइको सफल भएको छ।

नेपाली बजारमा एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेडले ओमोडा एन्ड जेइको अटोमोबाइल्स कम्पनी लिमिटेडको आधिकारिक बिक्रेता रहेको छ। कम्पनीले गाडी बिक्री तथा बिक्रीपछिको सेवाका साथै उत्पादक कम्पनीको मर्म अनुरुप वातावरण र दिगो विकासलाई सहयोग पुग्नेगरी काम गरिरहेको छ। 


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११२:४३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend