बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

images
सोमबार, कात्तिक १२ २०८१
images
images
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

images
images

काठमाडौं- आइतबार तोलामा १४ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले घटेको छ।

images
images

नेपाली बजारमा आइतबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको सुनको मूल्य सोमबार प्रतितोला एक लाख ६७ हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

images
images

सोमबार चाँदीको मूल्य पनि आइतबारको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको छ।

images
images

महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ६५ रूपैयाँ तोकिएको छ।

यो साता आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend