शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार, कात्तिक १२ २०८१
प्रतितोला चारसय रूपैयाँले घट्यो सुनको मूल्य

सोमबार सुनको मूल्य प्रतितोला चारसय रूपैयाँले घट्दा चाँदी प्रतितोला २० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- आइतबार तोलामा १४ सय रूपैयाँले बढेको सुनको मूल्य सोमबार भने प्रतितोला चारसय रूपैयाँले घटेको छ।

नेपाली बजारमा आइतबार हालसम्मकै उच्च मूल्य प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको सुनको मूल्य सोमबार प्रतितोला एक लाख ६७ हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार चाँदीको मूल्य पनि आइतबारको तुलनामा प्रतितोला २० रूपैयाँले घटेको छ।

महासंघका अनुसार सोमबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ६५ रूपैयाँ तोकिएको छ।

यो साता आइतबार चाँदी प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend