आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

images
सोमबार, कात्तिक १२ २०८१
images
सयपत्री फूल बिक्री गरेर दुईलाख आम्दानी

यस वर्ष कम्तीमा सात सय केजी फूल उत्पादन हुने र करिब दुई लाख आम्दानी हुने अनुमान उनले गरेका छन्।

images
images

दैलेख- सुर्खेत दैलेख राजमार्गको दायाबायाँ सयपत्री फूल फुलेका छन्। डुंगेश्वर गाउँपालिका-६ सिस्नेटारस्थित सो सडकमा सार्वजनिक यातायातमा आवतजावत गर्ने यात्रु ढकमक्क फुलेका दृश्य हेरेर मोहित हुन्छन्। निजी सवारीसाधनमा यात्रा गरिरहेकाहरु त रोकेर मनमोहक सो दृश्यलाई समाजिक सञ्जाल टिकटकमा राख्न एवं तस्बिर लिन आतुर हुन्छन्।

images
images
images

कृषक देवेन्द्र गोदारले तीन रोपनी क्षेत्रफलमा लगाएको फूलखेतीले यात्रुको ध्यान खिचेको हो। उनले भने, 'गतवर्ष नेपालगञ्ज-रुपैडियाबाट व्यापारीले फूल किनेको थाहा पाएपछि फूलखेती थालनी गरेँ।'

images
images

उनले अघिल्लो वर्ष पनि दुई रोपनीमा सयपत्री फूल लगाएका थिए। उनले भने, 'गतवर्षको फूल नोक्सानी बेहोर्नुपरेको थियो। त्यो अनुभवले यो वर्ष चाहिँ अलि ढिलो साउन अन्तिम सातामा लगाएकाले तिहारकै बेला ढकमक्क फुलेको छ।'

images
images

यस वर्ष कम्तीमा सातसय केजी फूल उत्पादन हुने र करिब दुई लाख आम्दानी हुने अनुमान उनले गरेका छन्।

कृषि विकास कार्यालय दैलेखका प्राविधिक गणेशबहादुर शाहील जिल्लामा फूलखेतीको सम्भावना राम्रो रहेको बताए।

किसान देवेन्द्रले व्यावसायिक तरकारी खेती गर्दै आएका छन्। सडकको छेउमै भएकाले उत्पादन गरेको तरकारी जिल्ला सदरमुकाम दैलेख बजार, चुप्रा, डुंगेश्वर र सुर्खेतसम्म पनि पठाउन सजिलो समेत भएको छ।

उनले तीन जनालाई रोजगारसमेत दिएका छन्। उनले भने, 'तरकारी खेतीबाट मनग्य आम्दानी लिन सकिन्छ।' रासस


प्रकाशित : सोमबार, कात्तिक १२ २०८११०:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend