शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

थाहा नगरपालिकाद्वारा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

images
आइतबार, कात्तिक ११ २०८१
images
थाहा नगरपालिकाद्वारा प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पालिकाको निर्णयविपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए।

images
images

बागमती- स्थानीय फूल किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले मकवानपुरको थाहा नगरपालिकाले प्लाष्टिकका फूल बिक्रीमा प्रतिबन्ध लगाएको छ। 

images
images
images

प्राकृतिक फूल प्रयोग गर्न आग्रह गर्दै पालिकाले प्लाष्टिकका फूलको प्रयोगले वातावरणका साथै माटोमा पनि असर हुने भएकाले त्यसमा प्रतिबन्ध लगाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले बताए।

images
images

स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवर्द्धन गर्नु सबैको दायित्व भएको बताउँदै उनले पालिकाको निर्णयविपरीत गर्नेलाई कारबाही हुने चेतावनी दिए। रासस

images
images


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१११:४७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend