शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

साफा अवार्डबाट सम्मानित हुँदै कामना सेवा विकास बैंक

आइतबार, कात्तिक ११ २०८१
साफा अवार्डबाट सम्मानित हुँदै कामना सेवा विकास बैंक

साफाले ११ नोभेम्बर २०२४ मा श्रीलंकाको कोलम्बोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ।

काठमाडौं- कामना सेवा विकास बैंक लिमिटेड 'साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट अवार्ड २०२३' बाट सम्मानित हुने भएको छ। बैंक साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले वित्तीय सेवा क्षेत्र अन्तर्गत प्रदान गरिने 'सर्टिफिकेट अफ मेरिट अवार्ड' बाट सम्मानित हुने भएको हो। 

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) ले आर्थिक वर्ष २०२२/२३ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गर्ने भएको हो।

बैंकले आफ्नो १७औँ वार्षिक साधारणसभामा पेश गर्नको लागि तयार गरेको उक्त वित्तीय विवरणमा शेयरधनीहरु तथा सरोकारवालाहरुलाई बैंकको विवरणहरु उत्कृष्ट तवरले प्रस्तुत गरेको थियो। 

साफाले ११ नोभेम्बर २०२४ मा श्रीलंकाको कोलम्बोमा आयोजना गरिने एक कार्यक्रममा उक्त अवार्ड बैंकलाई प्रदान गर्नेछ।

साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) इन्टरनेशनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो जसमा भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, नेपाल, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न ११ वटा दक्षिण एसियाली क्षेत्रका चार्टर्ड एकाउन्टेन्ट निकायहरु समावेश छन्। साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनहरुको मूल्यांकन गरी विभिन्न विधामा अवार्डहरु प्रदान गर्दै आइरहेको छ।

बैंकको उक्त वित्तीय प्रतिवेदन चार्डड एकाउन्टेन्ट संस्था नेपालवाट प्रदान गरिने 'राष्ट्रिय उत्कृष्ट प्रतिवेदन अवार्ड २०२३' मा वित्तीय सेवा क्षेत्रतर्फको विधामा प्रदान गरिने सिल्भर अवार्डसमेत प्राप्त गर्न सफल थियो। 


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१११:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend