शनिबार, मंसिर ८ गते २०८१    
images
images

आधुनिकतासँगै संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

images
आइतबार, कात्तिक ११ २०८१
images
images
आधुनिकतासँगै संकटमा कुमाल समुदायको पुर्ख्यौली पेसा

कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि संकटमा पर्न थालेको हो।

images
images

सुनसरी- आधुनिकताको विकास र विद्युतीय उपकरणको प्रयोगका कारण कुमाल समुदायको पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ। कुमाल समुदायको पुर्ख्यौली पेसाका रूपमा रहेको माटोका भाँडा बनाउने काम पछिल्लो समय विद्युतीय उपकरणको प्रयोग बढ्दै गएपछि संकटमा पर्न थालेको हो।

images
images
images

चाडपर्वका बेला कुमाल समुदायले माटो मुछेर बनाउने विभिन्न भाँडावर्तनको प्रयोग घट्दै गएपछि पेसा नै संकटमा पर्न थालेको सुनसरी सदरमुकाम इनरुवा-२ का २५ वर्षीय विनोद पण्डितले बताए।

images

चाडपर्वका बेलामा कुमाल समुदायका व्यक्तिको एउटै उद्देश्य सबैलाई माटोका भाँडा सहज रूपमा पुर्‍याउने भए पनि विद्युतीय सामग्रीको प्रयोगका कारणले बिक्रीवितरणमा विगत वर्षभन्दा कमी आएको उनको भनाइ छ।

images

सदरमुकाम इनरुवा, लौकही, हरिपुरलगायत स्थानमा रहेका कुम्भकार (कुमाल) समुदाय चाडपर्वलाई सहज बनाउने उद्देश्यले माटोका भाँडा बनाउने काममा व्यस्त हुने गरेको छ। माटोका भाँडा बनाएजति बिक्री नहुने गरेको स्थानीय दरपी पण्डितको भनाइ छ।

कुम्भकार समुदायले दीपावली तथा छठपर्वलाई लक्षित गरी माटोका घैला, दियो, धुपदानी, कलशसहितका भाँडाकुँडा बनाउने गरेका छन्। आधुनिकताको विकाससँगै अहिले बजारमा विद्युतीय दियो, झिलीमिली बत्तीलगायत उपकरण आउन थालेपछि चिन्ता थपिएको पण्डितको भनाइ छ।

भाँडा बनाउन काँचो माटो प्रयोग हुने गरेकाले दुई हप्ता अगाडिदेखि नै माटोको जाहो गर्ने गरिएको छ। माटोबाट निर्माण गरेको सामग्री सोचेअनुसारको बिक्री नहुनु र आम्दानीसमेत नहुने गरेकाले वैकल्पिक पेसा रोज्न थालेको पण्डित बताउँछन्।

'विगतका वर्षमा माटोका भाँडाबाट राम्रै आम्दानी हुने गरेको भए पनि अहिले बिक्रीमा कमी आएको र प्रयोगमा समेत कमी आएको छ', उनले भने। नजिकमा माटो नपाइने र टाढाबाट प्रतिट्र्याक्टर माटो १० हजार रूपैयाँदेखि २० हजार रूपैयाँसम्ममा खरिद गरी बनाएको भाँडासमेत बिक्री नहुँदा समस्या हुने गरेको पण्डितको भनाइ छ।

कुमाल समुदायले विगतमा माटोका भाँडा बिक्री गरी परिवारको खर्च चलाउनुका साथै छोराछोरीलाई राम्रो शिक्षा दिँदै आएका थिए। अहिले घर खर्चसमेत चलाउन समस्या हुन थालेको पण्डितले बताए। वृद्धवृद्धाले पुर्ख्यौली पेसा संरक्षणका लागि अहिले पनि माटोका भाँडा बनाएर गाउँघरदेखि सहरसम्म बिक्री गर्दै आएका छन्। तर युवा पुस्ताले भने वैकल्पिक बाटो रोज्न थालेका छन्।

विगतमा पर्वका बेला एक परिवारले पाँच लाख रूपैयाँसम्मका माटोको दियो बनाएर बिक्री गर्ने गरेका थिए। अहिले एक लाख दियो बिक्री गर्न पनि एक हप्ता लाग्ने गरेको स्थानीय बेचनी पण्डितले बताए। अहिले वर्षभरिमा एक परिवारले माटोको भाँडाबाट एक लाख रूपैयाँसम्म आम्दनी गर्ने गरेको उनले बताए।

अधिकांश व्यक्तिको रोजीरोटी माटोसँग सम्बन्धित भाँडाकुँडा बनाउने रहेकाले सो कार्य गर्ने गरेका छन्। मेहनत गरेअनुसारको प्रतिफल नपाउँदा निराशसमेत हुने गरेको कुम्भकार समुदायका ज्ञानदेव पण्डितले बताए। संघीय, प्रदेश र स्थानीय सरकार भए पनि आफूहरूको पुर्ख्यौली पेसा संरक्षणका लागि कसैले ध्यान नदिएको उनको भनाइ छ। रासस


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१११:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend