शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य पुन: उकालो, प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम

आइतबार, कात्तिक ११ २०८१
सुनको मूल्य पुन: उकालो, प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर हालसम्मकै उच्च कायम

आइतबार सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर रेकर्ड बिन्दुमा पुग्दा चाँदी प्रतितोला १५ रूपैयाँले महँगिएको छ।

काठमाडौं- पछिल्लो समय लगातार बढिरहेको सुनको मूल्य यो साता पनि उकालै लागेको छ। गएको साता निरन्तर उकालो लाग्दै बिहीबार घटेर शुक्रबार स्थिर रहेको सुनको मूल्य यो साता आइतबार पुन: उकालो लाग्दै कीर्तिमानी बिन्दुमा पुगेको छ।

आइतबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक हजार चारसय रूपैयाँले बढेर प्रतितोला एक लाख ६७ हजार चारसय रूपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च हो।

यसअघि गएको बुधबार सुन हालसम्मकै उच्च प्रतितोला एक लाख ६६ हजार सातसय रूपैयाँ पुगेको थियो।

गएको शुक्रबारको तुलनामा चाँदीको मूल्य पनि यो साता आइतबार सामान्य वृद्धि भएको छ। 

आइतबार चाँदी तोलामा १५ रूपैयाँले बढेर प्रतितोला दुई हजार ८५ रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्व बजारमै सुनको मूल्यले भने नयाँ उचाइ लिइरहेको छ। अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गर्दै आएका छन्।

सुनको मूल्य आगामी १ वर्षमा प्रतिऔँस २९ सय ४१ डलरसम्म पुग्ने अनुमान विभिन्न संघसंस्थाहरुले गरेका छन्। एक औँस बराबर २.४३ तोला हुन्छ। 


प्रकाशित : आइतबार, कात्तिक ११ २०८१११:०२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend