शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणका लागि जर्मन सरकारसँग सहयोगको माग

images
शनिबार, कात्तिक १० २०८१
images
धुलिखेल खानेपानी आयोजनाको पुनर्निर्माणका लागि जर्मन सरकारसँग सहयोगको माग

करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न तीन करोड ५१ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको छ।

images
images

काभ्रेपलाञ्चोक- बाढीपहिरोले क्षतिग्रस्त धुलिखेल खानेपानीको पुनःनिर्माणका लागि धुलिखेल नगरपालिकाले जर्मन सरकारसँग माग गरेको छ। नगरपालिकाले नेपालका लागि जर्मनी राजदूत डा थोमस प्रिन्जसँग भेट गरी उक्त प्रस्ताव गरेको हो।

images
images
images

करिब तीन दशकअघिदेखि सञ्चालित उक्त खानेपानी आयोजनाको पुनःनिर्माण गर्न तीन करोड ५१ लाख रूपैयाँ लाग्ने अनुमान गरिएको नगरपालिकाले जनाएको छ।

images
images

भेटका क्रममा राजदूत प्रिन्जले खानेपानी पुनःनिर्माणका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको नगरप्रमुख अशोक ब्यान्जुले बताए। उनका अनुसार गत असोज दोस्रो साताको बाढीपहिरोले आयोजना क्षतिग्रस्त बनाउँदा नगरपालिका-३, ४, ५, ६ र ८ को उपभोक्ता एक महिनादेखि खानेपानीविहीन अवस्थामा रहेका छन्। 

images
images

उक्त आयोजनाको पाइपमा बढी क्षति भएको तथा धुलिखेलका अन्य दुई खानेपानीमा दुई करोड चार लाख रूपैयाँ बराबरको क्षति भएको जनाइएको छ। बाढीपहिरोबाट नगरको १० वडाका अधिकांश निजी आवास, सडक, खेतीयोग्य जमिन, पशुपक्षी तथा केही वडामा मानवीय क्षति पुगेको थियो।

उक्त घटनामा दुईजनाले ज्यान गुमाएका थिए एक अझै बेपत्ता अवस्थामा छन्। नगरपालिकाको प्रारम्भिक तथ्यांकअनुसार ६४ घर पूर्णरुपमा क्षति तथा पाँच सय ७२ घर आंशिक क्षति भएका छन्।

यस्तै, सिँचाइ आयोजनामा ५० लाख रूपैयाँ, आठ किलोमिटर पक्की सडक, ८० किलोमिटर ग्राभेल सडकमा क्षति पुगेको छभने १८ लाख रूपैयाँ बराबरको पशुधन क्षति भएको थियो। नगरपालिकाले निजी आवासबाहेक ६५ करोड रूपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको छ। रासस


प्रकाशित : शनिबार, कात्तिक १० २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend