शनिबार, मंसिर ८ गते २०८१    
images
images

विपद्जन्य घटनाबाट बागमती प्रदेशमा तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

images
शनिबार, कात्तिक १० २०८१
images
images
विपद्जन्य घटनाबाट बागमती प्रदेशमा तीन अर्ब ४४ करोड मूल्य बराबरको क्षति

सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एक सय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।

images
images

बागमती- बाढी, पहिरो, डुबान, आगलागीजस्ता विपद्‌बाट चालु आर्थिक वर्ष २०८१/८२ को तीन महिनाको अवधिमा बागमती प्रदेशको उपत्यकाबाहेक १० जिल्लामा एक सय ९१ जनाको मृत्यु भएको छ।

images
images
images

सबैभन्दा बढी यही असोज ११ र १२ गतेको वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी एकसय ७७ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।

images

बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडा प्रवक्ता प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार चालु आव २०८१/८२ को साउनदेखि असोजसम्ममा पहिरोबाट एक सय ५७ जना, बाढीमा बगाएर ११ जना र डुबेर नौ जनाको मृत्यु भएको छ।

images

यस्तै सो अवधिमा करेन्ट लागेर आठ जना, चट्याङ लागेर चार जना र आगलागी तथा जनावरको आक्रमणबाट एक/एक जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। सो अवधिमा विपद्का घटनामा परी एक सय ७३ जना घाइते र ११ जना अझै बेपत्ता रहेको उनको भनाइ छ। घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको र बेपत्ताको खोजी कार्य जारी रहेको जनाएको छ।  

विपद्‌बाट ती जिल्लामा नौ हजार सात सय ७८ पक्षी र पाँच सय १६ चौपायाको मृत्यु भएको प्रहरी उपरीक्षक रेग्मीले बताए। सो अवधिमा भएका विपद्का घटनाबाट एक सय ७१ पक्की, छ सय ७३ कच्ची घर र एक सय ६१ गोठ क्षतिग्रस्त भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।

सो कार्यालयका अनुसार विपद्‌बाट ९३ सवारीसाधन तथा २० उद्योग क्षतिग्रस्त भएको छ। यस अवधिमा विभिन्न जिल्लाका ८३ विद्यालय र १२ वटा सरकारी कार्यालयमा क्षति पुगेको प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए।

बाढी, पहिरोजन्य विपद्‌बाट सो अवधिमा ४८ वटा पक्की तथा झोलुंगे पुलमा क्षति पुग्दा विपद्‌बाट तीन अर्ब ४४ करोड ५३ लाख ६१ हजार नौ सय ६० रूपैयाँ मूल्य बराबरको धनमालको क्षति भएको बागमती प्रदेश प्रहरी कार्यालय मकवानपुर हेटौँडाले जनाएको छ।

पुल तथा सडक बगाएपछि संघीय राजधानी काठमाडौंलाई जोड्ने धेरै सडक अवरुद्ध भएको र बिस्तारै मर्मतसम्भार गरी क्रमशः सञ्चालन भइरहेको प्रवक्ता प्रहरी उपरीक्षक रेग्मीले बताए। रासस


प्रकाशित : शनिबार, कात्तिक १० २०८११२:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend