शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

काभ्रेका बाढीपीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा राहत वितरण

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक ९ २०८१
काभ्रेका बाढीपीडितलाई सिप्रदीयन सहायता संस्थाद्वारा राहत वितरण

काठमाडौं- सिप्रदीको सामाजिक संस्था सिप्रदीयन सहायता संस्थाद्वारा काभ्रेको पाँचखाल नगरपालिकामा बाढीद्वारा प्रभावित परिवारहरुलाई आधारभूत आवश्यकताका सामाग्रीहरु राहतस्वरुप वितरण गरेको छ। 

सिप्रदीयन सहायता संस्थाको तर्फबाट तुलसीजंग बस्नेत, रोज क्षेत्री, गोबिन्द उपाध्याय, रजत श्रेष्ठ, बिमल गौतमलगायतको उपस्थितिमा ३० घरपरिवारलाई राहत स्वरुप प्रती घर डसना, सिरानी, झुल, जग, वाल्टिन, गिलास र थाल वितरण गरिएको हो। कार्यक्रममा नगरपालिकाको तर्फबाट संजय तामाङ, अच्यूत उप्रेती लगाएतको उपस्थीति रहेको थियो।

सिप्रदी सहायता संस्था एक लाभ निरपेक्ष, गैरसरकारी तथा अराजनैतिक सामाजिक संस्था हो। यो संस्था सन् २०१२ देखि कार्यशील रहेको छ। यस संस्थाको स्थापना सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडद्वारा कम्पनीको सामाजिक दायित्वको कार्यान्वयनको लागि गरिएको हो। 

यस संस्थाले योग्य तर आर्थिक रुपमा विपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गर्छ तथा दुर्गम क्षेत्रमा प्रौढ शिक्षाको विकासमा सहयोग गर्दै शिक्षाको क्षेत्रमा सहायता प्रदान गर्ने ध्येय राखेको छ। 

साथै संस्थाले वृद्ध नागरिकहरु, नाबालक टुहुराहरु तथा भिन्न क्षमता भएका व्यक्तिहरुलाई हरतरहबाट सेवा पु¥याउने निष्ठा राखेको छ। यसको अलावा संस्थाले प्राकृतिक विपत्ति तथा दैविक प्रकोपबाट पीडित जनताको आपत्कालिन उद्धार, सहयोग तथा पूनव्र्यस्थापन सम्बन्धी कार्यमा सहयोग गर्दै आएको छ।


प्रकाशित : शुक्रबार, कात्तिक ९ २०८११९:०८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend