शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना

बिहीबार , कात्तिक ८ २०८१
बजाजले ल्यायो मोटरसाइकल साटासाटको आकर्षक योजना

आजबाट सुरु भएको यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिने कम्पनीले जनाएको छ।

काठमाडौं- नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक एवं बिक्रेता हंसराज हुलास चन्द एण्ड कम्पनीले मोटरसाईकल साटासाटको आकर्षक योजना सुरू गरेको छ।

आजबाट सुरु भएको यस योजनाअन्तर्गत जुनसुकै मोडल र जुनसुकै ब्राण्डको मोटरसाइकलसँग बजाजका जुनसुकै मोडलका मोटरसाइकल साटासाट गर्न सकिने कम्पनीले जनाएको छ।

हंसराज हुलास चन्द एण्ड कम्पनी प्रालि का निर्देशक अभिमन्यू गोल्छाले भने, 'बजाज बाइकको लोकप्रियता र हाम्रा ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राख्दै हामीले यो सुनौलो योजना शुरु गरेका हौँ। साथै हाम्रा ग्राहकहरूका लागि यस्ता नयाँ नयाँ योजनाहरु अझ अरू पनि ल्याउने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ।'

झण्डै ८० भन्दा धेरै देशमा लोकप्रियता हासिल गरेको बजाज मोटरसाइकलको यो साटासाट कार्यक्रमअन्तर्गत तुरुन्त फाइनान्सको व्यवस्था गरिनुका साथसाथै यस कार्यक्रमअन्तर्गत मोटरसाइकल साटासाट गरेका ग्राहकहरूलाई निःशुल्क बजाज मोटरसाइकलका सामग्रीहरु उपलब्ध गराउने व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११८:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend