बिहीबार , चैत २१ गते २०८१    
बिहीबार , चैत २१ २०८१
images
images

एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १ करोड ९० लाखभन्दा बढी योगदान गर्दै

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
एनसेल फाउन्डेसनद्वारा १९ वटा सामाजिक परियोजनाका लागि आवेदन माग, समुदायको विकासमा १ करोड ९० लाखभन्दा बढी योगदान गर्दै

एनसेलका अनुसार ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख रूपैयाँ अनुदान प्रदान गरिनेछ।

images
images

काठमाडौं- स्थानीय स्तरमा सामाजिक पहललाई प्रभावकारी रूपमा अघि बढाउने प्रतिबद्धता अनुरुप एनसेल फाउन्डेसनले सामाजिक विकासका कार्यहरु गर्नका लागि आवेदन खुला गरेको छ।

images
images

एनसेलको १९औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरिएको ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत, समुदायमा अर्थपूर्ण र दिगो प्रभाव पार्ने परियोजनाहरू कार्यान्वयन गर्न फाउन्डेसनले योग्य संस्थाहरूलाई अनुदानको लागि आवेदन दिन आमन्त्रण गरेको छ। 

images
images

गतवर्ष १८औँ वार्षिकोत्सवको अवसरमा सुरु गरिएको ‘एटिन फर एटिन’ कार्यक्रमअन्तर्गतका परियोजनाहरु प्रदेशस्तरमा सञ्चालनमा रहेका छन्। यस वर्षको ‘नाइन्टिन फर नाइन्टिन’ अनुदानले एनसेल फाउन्डेसन स्थानिय समुदायहरूलाई सशक्त बनाउन समर्पित रहेको प्रतिबद्धता पुनः पुष्टि गर्ने एनसेलले जनाएको छ। कम्पनीका अनुसार यस पहलअन्तर्गत स्वास्थ्य, शिक्षा, वातावरण, विपद् तयारी तथा प्रतिकार्य, जीविकोपार्जन सहयोग लगायतका क्षेत्रमा परियोजनाहरू लागु गरिने छन्। 

images
images

एनसेलका अनुसार ‘नाइन्टिन फर नाइन्टिन’ पहलअन्तर्गत सात प्रदेशमा कुल १९ वटा परियोजना छानिने छन् र छनौटमा परेका प्रत्येक एक परियोजनालाई १० लाख रूपैयाँ अनुदान प्रदान गरिनेछ। यस पहलका लागि कुल योगदान १ करोड ९० लाख रूपैयाँको हुनेछ। एनसेल फाउन्डेसनले गैरनाफामूलक स्थानीय संघसंस्थाहरूलाई उनीहरूले कार्य गरिरहेका क्षेत्रमा रहेका चुनौतीहरू तथा समस्या समाधान गर्न अनुदान अर्थात् परियोजना प्रस्ताव पेश गर्न आमन्त्रण गरेको जनाएको छ। 

यस पहलले दिगो र दीर्घकालीन विकासलाई प्रोत्साहन गर्ने परियोजनाहरूलाई सहयोग गर्न ठूलो महत्व राख्नेक कम्पनीको भनाइ छ। एनसेल फाउन्डेसनले स्पष्ट उद्देश्य, समुदायको सक्रिय सहभागिता, र परियोजनाको प्रभाव विस्तार हुने सम्भावना भएका परियोजनाहरूलाई प्राथमिकता दिने जनाएको छ।

'एनसेल फाउन्डेसनमा हामी अर्थपूर्ण परियोजना मार्फत समुदायको विकास र परिवर्तनमा विश्वास गर्दछौँ। हामी सामुदायस्तरमा काम गरिरहेका संघसंस्थाहरूलाई यस परियोजनाको लागि आवेदन दिन प्रोत्साहन गर्दछौँ', एनसेलकी कर्पोरेट कम्युनिकेसन र सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले भनिन्, 'नाइन्टिन फर नाइन्टिन पहल मार्फत, हामी झण्डै दुई दशकदेखि हाम्रो यात्रामा साथ दिने हाम्रा समुदायहरूलाई लाभ हुने खालको सामाजिक परियोजनाहरु कार्यान्वयन गर्न प्रतिबद्ध छौँ। यो पहलले स्थानिय स्तरमा महत्वपूर्ण र दिगो परिवर्तनहरू ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौँ।'

गतवर्षको ‘एटिन फर एटिन’ पहलले देशभर विभिन्न सामाजिक परियोजनाहरू सञ्चालन गर्न सहयोग गरेको छ। यस वर्षका परियोजनाहरुले समुदायलाई सशक्त बनाउँदै दिगो विकास लक्ष्य हासिल गर्नका लागि योगदान पुर्‍याउने उद्देश्य राखिएको कम्पनीले जनाएको छ। 


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११८:०७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend