शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

images
बिहीबार , कात्तिक ८ २०८१
images
मर्यादित भएर चाडपर्व मनाउन काठमाडौं प्रशासनको आग्रह

'कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानूनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ', सूचनामा भनिएको छ।

images
images

काठमाडौं- जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर व्यवस्थित रुपमा चाडपर्व मनाउन सबैलाई आग्रह गरेको छ।

images
images
images

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले आज एक सूचना जारी गर्दै चाडपर्वको समयमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला तथा झैझगडा गर्ने, मादक पदार्थ सेवन गरेर सामाजिक जनजीवन, मर्यादा र शान्ति खलल गर्ने काम नगर्न आग्रह गरे।

images
images

जिप्रका काठमाडौंले कानूनविपरीत जुवातास, लङ्गुर बुर्जा खेल्ने/खेलाउने, भूइँचम्पा, पटाका, अतीसबाजीजस्ता विपद् निम्त्याउने, वातावरण प्रदूषण हुने विस्फोटक तथा प्रज्वलनशील पदार्थको प्रयोग, ओसारपसार, बिक्रीवितरणलगायत कार्य नगर्न/नगराउन पनि अनुरोध गरेको छ।

images
images

'कानूनले निषेध गरेका गतिविधि गरे/गराएमा कानूनबमोजिम कारबाही गरिने व्यहोरा समेत सूचित गरिन्छ', सूचनामा भनिएको छ।

तिहार तथा छठलगायत पर्व मर्यादित भएर मनाउन जिप्रका काठमाडौंले सबैलाई आग्रह गरेको छ। सूचनामा उल्लेखित कुराको बर्खिलाप हुने गरी कोहीकसैले कुनै गतिविधि गरेमा प्रहरीलाई खबर गर्नसमेत स्थानीयलाई अनुरोध गरेको छ। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११६:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend