शनिबार, मंसिर ८ गते २०८१    
images
images

खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
खाँडो जीता नदीमा पुल नहुँदा आवतजावतमा समस्या

अन्य समयमा नदीमा कम पानी भएकाले जसोतसो ओहोरदोहोर गरिए पनि वर्षायामको बेला जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता छ।

images
images

सप्तरी- यहाँको तिलाठी कोइलाडी गाउँपालिका- १ स्थित नाकाबाट स्थानीयवासी दैनिक सयौँको सङ्ख्यामा भारतीय बजार जान्छन्। दैनिक उपभोग्य वस्तु खरिद तथा उता रहेका आफन्तकहाँ जाने यहाँका स्थानीयको मुख्य बाटो यही हो। यही नाकामा पर्ने खाँडो-जीता नदीमा पुल नहुँदा पैदलयात्रीलाई आवतजावतमा समस्या हुने गरेको छ।

images
images
images

अन्य समयमा नदीमा कम पानी भएकाले जसोतसो ओहोरदोहोर गरिए पनि वर्षायामको बेला जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता रहेको तिलाठी कोइलाडी गाउँपालिका-१ का दिपेन्द्र यादवले बताए।

images

'हाम्रो दिदिबहिनी भारत बिहे गरेर गएका छन्, उताका पनि यहाँ आएका छन्, साउन भदौमा बाढीले आवतजावत गर्नै सकिन्नँ', उनले भने, 'तिलाठी, बेल्ही, सकरपुरा, विरपुर, लोखरमलगायत दर्जनौँ ठाउँका मान्छेले यही बाटोहुँदै हिँड्नुपर्छ, अर्को बाटो जाँदा १५/२० किमी घुमेर जानुपर्छ, पुल नहुँदा धेरै समस्या छ।'

images

राजविराज भन्सार कार्यालय अगाडि चार दशकदेखि चचरी (बाँसको पुल)बाट आवतजावत गरिन्थ्यो। पुल व्यक्तिगत लगानीमा बेल्हीका छेदी राय र उनीपछि छोरा रामचन्द्र रायले बनाउँदै आएका थिए। नजिकका गाउँलेबाट पुल प्रयोग गरेबापत बर्सेनि धान, चामल, गहुँ लिने र टाढाका व्यक्तिले पुलपार गर्दा न्यूनतम शुल्क लिने गरिन्थ्यो।

विसं २०७८ जेठमा चचरी बनाउन लाग्दा भारतीय सुरक्षाकर्मीले रोकेपछि चचरी पनि छैन। 'चचरी हुँदा त्यति समस्या थिएन् वर्षायाममा साइकल मोटरसाइकल तार्न सकिन्थ्यो', स्थानीयवासी बैजु साहले भने।

भारतीय बजारबाट यस नाका हुँदै आउने मालबाहक गाडी वर्षायाममा रोकिन्छन्। बाढीले विगत तीन दशकदेखि कटान हुँदा समस्या भएको तिलाठी कोइलाडी गाउँपालिका-१ का वडाध्यक्ष दिनेश्वर मिश्रको भनाइ छ। उनले यहाँ संघीय सरकारले पुल निर्माण गर्नुपर्ने बताए।

उनले मितेरी पुलको अत्यन्तै आवश्यकता रहेको बताए। 'दुई देशबीचको मात्र सम्बन्ध छैन यहाँ त परिवार-परिवार, व्यक्ति-व्यक्तिको सम्बन्ध छ, त्यसलाई थप मजबुत बनाउन पनि यी समस्या समाधान हुनुपर्छ', उनले भने।

मालबाहक गाडी र अन्य गाडीको सहज आवतजावत नहुँदा भन्सार कार्यालयको राजस्व संककलनमा प्रत्यक्ष असर पर्ने गरेको भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकास भगतले जानकारी दिए। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११४:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend