शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाइँदै

images
बिहीबार , कात्तिक ८ २०८१
images
क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाइँदै

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण अहिले बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ।

images
images

काठमाडौं- मेलम्ची नदीबाट काठमाडौंको सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा आइरहेको मध्य प्रशोधन क्षमताभन्दा बढी भएको पानी बागमती नदीमा पठाउन थालिएको छ।

images
images
images

अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौंमा आइरहेको भए पनि करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण गरिन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेले जानकारी दिए।

images
images

उनले भने, 'मेलम्चीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी आइरहेको छ, १८ करोड लिटर पानी प्रशोधन गरी पठाउन थालिएको छ, प्रशोधन क्षमताभन्दा बढी रहेको बाँकी पानी बागमती नदीमा छाडिएको छ।'

images
images

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण अहिले बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ। 

मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११३:५२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend