काठमाडौं- सरकारले आन्तरिक हवाई उडानमा यात्रा गर्ने यात्रुको अनिवार्य रुपमा एन्टिजेन परीक्षण गर्नुपर्ने नयाँ व्यवस्था जारी गरेको छ।
सरकारले आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीहरूले आफ्नै खर्चमा यात्रुको एन्टिजेन परीक्षण गराउनु पर्ने र रिपोर्ट नेगेटिभ आएकालाई मात्रै यात्रा गराउनु पर्नेगरी आदेश जारी गरेको छ।
यसैगरी चालक दलका सबै सदस्य तथा यात्रुलाई मास्क र फेससिल्ड अनिवार्य गर्ने सरकारी आदेश छ।