शनिबार, मंसिर ८ गते २०८१    
images
images

कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन

images
बिहीबार , कात्तिक ८ २०८१
images
images
कम्प्युटर प्रणालीले सहज बन्दै मालपोतको तामेली व्यवस्थापन

कम्प्युटर प्रणालीको सुरुवात भएसँगै मालपोत कार्यालयको तामेली व्यवस्थापन सहज र प्रभावकारी बनेको हो।

images
images

तनहुँ- जिल्लास्थित मालपोत कार्यालयमा कम्प्युटर प्रणालीमार्फत सेवा प्रवाह हुन थालेको छ। कम्प्युटर प्रणालीको सुरुवात भएसँगै मालपोत कार्यालयको तामेली व्यवस्थापन सहज र प्रभावकारी बनेको हो।

images
images
images

कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन गर्न थालेपछि कार्यालयमा सेवाग्राहीको घुइँचो कम हुन थालेको कार्यालयका मालपोत अधिकृत केशवराज सुवेदीले बताए। उनका अनुसार कम्प्युटर प्रणालीबाट तामेलीको व्यवस्थापन गर्न थालेपछि काम छिटो र प्रभावकारी रुपमा सम्पन्न हुनाका साथै अभिलेख राख्न पनि सहज भएको छ।

images

'सेवाग्राही अत्यधिक घुइँचो हुने भएकाले सहज सेवा उपलब्ध गराउने उद्देश्यले गत असोज १ गतेदेखि कम्प्युटर प्रणाली प्रयोगमा ल्याएका हौँ', सुवेदीले भने, 'प्रविधिको प्रयोग गर्दै आधुनिक, सहज र गुणस्तरीय सेवा दिने पहल थालेका छौँ। यसले लामो समय कुर्नुपर्ने सेवाग्राहीको सास्ती हटेको छ।'

images

प्रविधिको उपयोगले कार्यालयमा अभिलेखीकरण भएका लिखत खोज्न सहज भएको उनको दाबी छ। तीनजना कर्मचारी यसमा परिचालन गरिएको जनाउँदै मालपोत अधिकृत सुवेदीले छिटो, छरितो र पारदर्शी रुपमा कार्यसम्पादन भइरहेको बताए।

मालपोत कार्यालयका प्रमुख एवं सूचना अधिकारी टीकाराम घोरासैनीले कम्प्युटर प्रणालीबाट तामेली व्यवस्थापन सुरु गरेपछि लिखत खोज्न सहज हुनाका साथै सेवाग्राहीको घुइँचो व्यवस्थापन हुँदै गएको बताए। उनका अनुसार कम्प्युटर प्रणालीको सुरुवात भएपछि दैनिक ४० वटा लिखतका काम गरेका छन्।

दैनिक लिखतको काम गर्ने व्यक्तिले ४ बजेसम्ममा रातो पुर्जासमेत लैजाने गरेका सूचना अधिकारी घरासैनीले जानकारी दिए। सेवाग्राहीका समस्या समाधान गर्दै छिटो, छरितो सेवा प्रवाह गर्ने उद्देश्यले प्रविधिको प्रयोगलाई जोड दिइएको उनको भनाइ छ।

'कार्यालयमा प्रविधिको उपयोग नहुँदा लामो समय वा हप्तौँसम्म तामेली खोज्न समय लाग्थ्यो। कम्प्युटर प्रणाली प्रयोगमा ल्याइएपछि काम छिटो भई सेवाग्राहीले एकै दिनमा रातो पुर्जा लैजाने गरेका छन्', उनले भने। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११२:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend