शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, बिहीबार प्रतितोला सातसय रूपैयाँले घट्यो

बिहीबार , कात्तिक ८ २०८१
उच्च बिन्दुबाट ओरालो लाग्यो सुनको मूल्य, बिहीबार प्रतितोला सातसय रूपैयाँले घट्यो

बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला सातसय रूपैयाँले घट्दा चाँदी प्रतितोला ४० रूपैयाँले सस्तिएको छ।

काठमाडौं- पछिल्लो समय लगातार उचाइतर्फ लागेको सुनको मूल्य बिहीबार भने ओरालो लागेको छ।

यो साता लगातार बढेर रेकर्ड बनाइरहेको सुनको मूल्य बिहीबार प्रतितोला सातसय रूपैयाँले घटेको हो।

बुधबार हालसम्मकै उच्च प्रतितोला एक लाख ६६ हजार सातसय रूपैयाँ पुगेको सुनको मूल्य बिहीबार प्रतितोला एक लाख ६६ हजार रूपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

लगातार वृद्धि भइरहेको चाँदीको मूल्यमा पनि बिहीबार प्रतितोला ४० रूपैयाँले गिरावट आएको छ।

महासंघका अनुसार बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला दुई हजार ९५ रूपैयाँ तोकिएको छ।

बुधबार चाँदी प्रतितोला दुई हजार एकसय ३५ रूपैयाँमा कारोबार भएको थियो।


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८१११:०५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend