शनिबार, जेठ १० गते २०८२    
शनिबार, जेठ १० २०८२
images
images

बन्दीपुरमा यसवर्ष २० किलोमिटर सडक कालोपत्र गरिँदै

images
बिहीबार , कात्तिक ८ २०८१
images
बन्दीपुरमा  यसवर्ष २० किलोमिटर सडक कालोपत्र गरिँदै

पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्षले जानकारी दिए।

images
images

तनहुँ- बन्दीपुर गाउँपालिकाले यस वर्ष २० किलोमिटर सडक कालोपत्र गर्ने भएको छ। पूर्वाधार विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले सडक कालोपत्र तथा स्तरोन्नतिलाई प्राथमिकतामा राखेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए।

images
images
images

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विनियोजित बजेटबाट गाउँपालिकाका सबै वडा जोड्ने बाटोमा बाह्रै महिना सवारीसाधन चल्ने बनाउन यो वर्ष २० किलोमिटर बाटो कालोपत्र गरिने उनले बताए। उनले भने, 'संघ र प्रदेशबाट पर्याप्त बजेट प्राप्त भएकाले अब धमाधम काम हुन्छ।'

images
images

बेलभन्ज्याङ-बानियाँटार सडकमा एक करोड, रिमाल्नी-भुडाटार जाने सडकमा ५० लाख रूपैयाँ, बन्दीपुर-ढाडखोला मोटरमार्गअन्तर्गत भुमर्से-हल्थुम्कासम्म तीन किमि सडक कालोपत्र, वडा २ कै सिमलटारमा ५० लाख रूपैयाँ, वडा नम्बर ३ नम्बरको सेराटारबाट सुखौरा जाने सडकमा दुई करोड रूपैयाँ, वडा नम्बर ३ को कार्यालयदेखि रामकोटसम्म जाने सडकमा ५० लाख रूपैयाँको कालोपत्रको योजना सुरु भएको अध्यक्ष थापाले जानकारी दिए। 

images
images

यसैगरी, वडा नम्बर ४ को बन्दीपुर रिङरोडमा कालोपत्र तथा प्रहरी बिटबाट टुँडिखेल जाने बाटो कालोपत्र भएको छ। अध्यक्ष थापाले शहरी आयोजना मार्फत शिखरडाँडाबाट तल्लो डुम्रे जाने बाटो कालोपत्र भएको जानकारी दिए।

वडा नम्बर ५ को याम्पा र थुम्काको बीचमा पाँच सय मिटर ढलान, तीनधाराबाट वडा नम्बर ५ को कार्यालय बाहुनभन्ज्याङ जाने सडकमा दुई करोड रूपैयाँको कालोपत्रको काम यथाशीघ्र सुरु गरिने थापाले जानकारी दिए।

उनका अनुसार वडा नम्बर ६ को साँधभन्ज्याङबाट घमलछापसम्म दुई करोड रूपैयाँको बजेटमा कालोपत्र, वडा नम्बर ६ कै सराङघाटबाट भुतखोलासम्म एक करोड रूपैयाँको लागतमा बाटो स्तरोन्नति भइरहेको छ।

संघीय र गण्डकी प्रदेश सरकारबाट गाउँपालिकालाई चालु आर्थिक वर्षमा पूर्वाधारतर्फ २० करोड रूपैयाँ बजेट प्राप्त भएको र उक्त बजेटबाट गाउँपालिकाका मुख्य सबै सडकमा कालोपत्र गर्ने लक्ष्य रहेको उनले बताए। रासस


प्रकाशित : बिहीबार , कात्तिक ८ २०८११०:४९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend