शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

बुधबार, कात्तिक ७ २०८१
प्रतितोला ८ सय रूपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुग्यो सुन

बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख ६६ हजार ७ सय रूपैयाँ पुगेको छ।

काठमाडौं- यो साता लगातार उचाइतर्फ लाग्दै दिनहुँ रेकर्ड बनाइरहेको सुनको मूल्य बुधबार पनि बढेर हालसम्मकै उच्च कायम भएको छ। बुधबार सुनको मूल्य तोलामा ८ सय रूपैयाँले वृद्धि हुँदै प्रतितोला एक लाख ६६ हजार ७ सय रूपैयाँ पुगेको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा तीनसय रूपैयाँले बढेर हालसम्मकै उच्च प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको थियो। मंगलबारको रेकर्ड बुधबार पुन: ब्रेक हुँदै सुनको मूल्यमा नयाँ रेकर्ड बनेको हो।

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्व बजारमै सुनको मूल्यले नयाँ उचाइ लिइरहेको छ। अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गर्दै आएका छन्।

सुनको मूल्य आगामी १ वर्षमा प्रतिऔँस २९ सय ४१ डलरसम्म पुग्ने अनुमान विभिन्न संघसंस्थाहरुले गरेका छन्। एक औँस बराबर २.४३ तोला हुन्छ। 

चाँदीको मूल्य पनि लगातार वृद्धि भइरहेको छ। मंगलबार दुई हजार एकसय रूपैयाँमा कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि प्रतितोला दुई हजार एकसय ३५ रूपैयाँ तय भएको छ।

मंगलबारको तुलनामा बुधबार चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले महँगो भएको हो।


प्रकाशित : बुधबार, कात्तिक ७ २०८१११:०८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend