शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटाको 'टियागो.ईभी धनतेरस एक्सचेन्ज धमाका', हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो

बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ६ २०८१
टाटाको 'टियागो.ईभी धनतेरस एक्सचेन्ज धमाका', हरेक बुकिङमा सुनको असर्फी वा आइफोन १६ प्रो

काठमाडौं- नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका आयोजना गर्न लागेको छ।

कम्पनीका अनुसार धनतेरस एक्सचेन्ज धमाकामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसँग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा टियागो इभीसँग साट्न सकिनेछ।

धनतेरसलाई लक्षित गरेर यही कात्तिक ८, ९ र १० गते टियागो ईभी धनतेरस एक्सचेन्ज धमाका टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना गर्न लागेको कम्पनीले जनाएको छ।

मेलामा सहभागी भएर ग्राहकहरुले टियागो ईभीको हरेक बुकिङमा सुनको असर्फी वा आइ फोन १६ प्रो प्राप्त गर्न सक्नेछन्। उल्लेखित अफरहरु धनतेरस एक्सचेङ धमाकाको ३ दिनका लागि मात्र लागु हुने जनाइएको छ।

टियागो ईभी नेपालको विद्युतीय चारपांग्रे सवारी साधनको बजारमा सर्वाधिक बिक्री हुने नम्बर १ ह्याचब्याक हो। 

टाटा टियोगो ईभी आरामदायी तथा क्लच र गियरको झञ्झट नहुने हुँदा गाडी चलाउन एकदमै सजिलो हुने, पार्किङमा लागि सहज, किफायती र वातावरणमैत्री भएका कारण पनि यस गाडीको लोकप्रियता बढिरहेको छ। 


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११६:२९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend