बुधबार, कात्तिक ७ गते २०८१    
images
images

मंगलबार पनि कीर्तिमानी बिन्दुमा पुग्यो सुनको मूल्य

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, कात्तिक ६ २०८१
images
images
मंगलबार पनि कीर्तिमानी बिन्दुमा पुग्यो सुनको मूल्य

मंगलबारको वृद्धिपछि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ।

images
images

काठमाडौं- सुन र चाँदीको भाउले दिनदिनै कीर्तिमान बनाउने क्रम जारी छ। मंगलबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेर कीर्तिमान कायम भएको छ। 

images
images
images

मंगलबारको वृद्धिपछि सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ९ सय रुपैयाँ पुगेको छ। साेमबार सुनको मूल्य प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ थियो।

चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाइरहेको छ। साेमबारको तुलनामा प्रतितोला ५ रुपैयाँ बढेसँगै चाँदी २१ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। 

images

अन्तर्राष्ट्रिय कमोडिटी बजारमा हुने माग र आपूर्तिले मूल्य तय हुने भएकाले विश्व बजारमै सुनको मूल्यले नयाँ उचाइ लिइरहेको छ। 

images

अन्तर्राष्ट्रियस्तरका विभिन्न अध्ययनले पनि सुनको भाउ बढ्ने प्रक्षेपण गर्दै आएका छन्। सुनको मूल्य आगामी १ वर्षमा प्रतिऔंस २९ सय ४१ डलरसम्म पुग्ने अनुमान विभिन्न संघसंस्थाहरुले गरेका छन्। एक औंस बराबर २.४३ तोला हुन्छ। 


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११२:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend