मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

बन्द हडताल र सडक अवरोध नगर्ने वाचा गरेको पार्टीले नै पर्यटकीय राजधानीमा हुलहुज्जत गर्दा पर्यटन क्षेत्र मारमा

images
मंगलबार, कात्तिक ६ २०८१
images
images
बन्द हडताल र सडक अवरोध नगर्ने वाचा गरेको पार्टीले नै पर्यटकीय राजधानीमा हुलहुज्जत गर्दा पर्यटन क्षेत्र मारमा

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको थियो। सोही दिन दिन पोखरामा जुलुस र हुलदंगा जारी छ।

images
images

काठमाडौं- नेपालको प्रमुख पर्यटन सिजनमा यतिबेला पोखरासहित विभिन्न स्थानमा पर्यटक भरिभराउ छन्। विदेशी र आन्तरिक पर्यटक हरेक दिन सयौँको संख्यामा जाने गरेका छन्।

images
images
images

बन्द, हड्ताल र हुलदंगा नगर्ने वाचासहित राजीतिक पार्टी बनाउने घोषणा गरेको राष्ट्रिय स्वतन्त्र पार्टी नै यतिबेला मुख्य पर्यटकीय सिजनमै पोखरामा हरेक दिन धर्ना र जुलुसले अस्तव्यस्त बनाइरहेको छ। पर्यटकहरूलाई लैजान र ल्याउनसमेत पोखरामा समस्या भएको छ। 

स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेको दिनदेखि नै पोखरामा जुलुस र हुलदंगा जारी छ। सडकमा टायर बाल्नेदेखि आन्दोलनकारीले ढुंगामुढा गर्ने र प्रहरीले पनि पानीको फोहरा हान्ने गर्दा पर्यटकलाई हिँडडुल र घुमफिरमा समस्या आएको छ।

images

शुक्रबार काठमाडौंमा पक्राउ परेका लामिछानेलाई सोही दिन राति नै पोखरा ल्याइ जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ। लामिछानेलाई सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा संगठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा थप अनुसन्धान गर्न ६ दिनका लागि म्याद थप गरिएको छ।

images

ठूला पार्टीहरूले समेत पोखरामा धर्ना जुलुस नगर्ने गरेको परम्परालाई तोड्दै सुधारका लागि गठन गरिएको भनिएकै पार्टीले अदालत परिसरमा आन्दोलन गर्दा पर्यटकीय राजधानीसमेत घोषण भएको पोखरा अस्तव्यस्त बनेको छ।

गत चैतमा गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सहरलाई औपचारिक रुपमा पर्यटकीय राजधानी घोषणा गरिएको थियो। स्वतन्त्र पार्टीले चुनावी वाचापत्रमा पनि नेपाललाई पर्यटनको आकर्षक गन्तव्य बनाउने उल्लेख गरेको छ। 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेका थिए। पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको अद्वितीय संगम रहेको नेपालको पर्यटन राजधानी पोखरामा अन्तर्राष्ट्रिय र आन्तरिक दुबै पर्यटकका लागि आकर्षक गन्तव्य हो।

खासगरी विदेशी पर्यटकहरू काठमाडौंभन्दा पनि पोखरामा घुम्न र बस्न रुचाउँछन्। प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको दृष्टिले अनुपम, विश्वकै शीर्ष पर्यटकीय गन्तव्यको रुपमा ख्याती प्राप्त सुन्दर पोखरा हरेक दिनको धर्नाले हस्तव्यस्त बनाउनले विश्वभर नकारात्मक सन्देश गएको छ।

‘पोखरामै बसेर हुलहुज्ज गर्दा पर्यटन क्षेत्र समस्यामा परेको छ,यसलाई सरकारले रोक्नुपर्छ,’ नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) का पूर्वअध्यक्ष अच्युत गुरागाईँले भने। जुन जोगी आएपनि कानै चिरेको भन्ने उखानलाई चरिचार्थ स्वतन्त्र पार्टीले पोखरामा गराएको समेत उनको गुनासो छ।

यतिबेला विश्वभरका पर्यटक पोखरामा रहेका बेला सांसद र नेताहरू उपस्थित गराएर भागदौड गराउनुले पर्यटन क्षेत्रको नरकात्मक सन्देश अन्तर्राष्ट्रिय जगतमा गएको समेत उनले बताए। 

रास्वपाले जनतालाई सास्ती हुने बन्द हड्ताल नगर्ने र धर्ना नगर्ने, अपारदर्शी चन्दा नउठाउने, नियुक्तिमा टीका नलगाउने, स्रोत साधन दुरुपयोग नगर्ने, राष्ट्रहितविपरीतका सम्झौता नगर्ने, अवकाशपछि राज्यबाट सुविधा नलिने, चुनाव हारेकालाई चोरबाटोबाट सांसद र मन्त्री नबनाउने मात्रै होइन, सकेसम्म संसदमा गयल नहुने र गयल भएको दिनको भत्ता नलिने वाचा गरेको थियो।


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८११३:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend