शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

टाटाको एस ईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडी अब इटहरीमा, के छन् अफर?

बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, कात्तिक ५ २०८१
टाटाको एस ईभी फ्ल्याटबेड र सीएलभी विद्युतीय गाडी अब इटहरीमा, के छन् अफर?

काठमाडौं- नेपालको लागि टाटा मोटर्सको एकमात्रै अधिकारिक वितरक सिप्रदी ट्रेडीङ प्रालिले कोशी प्रदेशस्थित इटहरीमा विशेष औपचारिक कार्यक्रमकाबीच टाटाका एस ईभी फ्ल्याटबेड र सिएलभी विद्युतीय गाडीहरु सार्वजनिक गरेको छ।

दसैँतिहार विशेष छुट अफरसहित सुलभ मूल्यमा आफ्ना ग्राहक महानुभावको खुसियालीको सारथीकै रुपमा नयाँ मोडेल ल्याइएको जनाएको छ।

टाटाद्वारा सार्वजनिक नयाँ मोडेलका उक्त गाडीहरुको मूल्य फरक-फरक रहेको छ। ग्राहकहरुले एसईभी फ्ल्याटबेड २१ लाख ९९ हजार रुपैयाँमा पाउन सक्नेछन् भने टाटाकै सिएलभी विद्युतीय गाडीका लागि २२ लाख ७९ हजार रपैयाँमा उपलब्ध गराउन सकिने टाटाको अधिकारिक वितरक सिप्रदीले जनाएको छ। 

कम्पनीले पहिलो एक हप्ताभित्र बुकिङ गर्ने ग्राहकलाई यस योजनाअन्तर्गत टाटाका माथि उल्लेखित गाडीहरुमा ५० हजारसम्मको विशेष नगद छुटको व्यवस्था समेत गरेको छ।

यसका अतिरिक्त ग्राहकहरुले उक्त गाडीहरुको खरिदमा एक वर्षका लागि निःशुल्क बीमाको सुविधा, तीन पटकसम्म गाडी निःशुल्क सर्भिसिङ, एक वर्षका लागि सवारी कर, आकर्षक एक्सचेञ्ज बोनस दिइनुका साथै गाडी नामसारी गर्दा लाग्ने खर्चसमेत कम्पनी आफैले नै व्यहोर्ने लगायतका विभिन्न खाले थप सेवा/सुविधा प्रदान गरिएको कम्पनीले कार्यक्रममा जानकारी दिएको छ। 

कार्यक्रममा नेपाल मदिरा व्यवसायी महासंघका कोशी प्रदेशका सचिव लालबहादुर कार्की, उद्योग वाणिज्य संघ, इटहरीका महासचिव पिताम्वर पोख्रेल, नेपाल वितरक महासंघ कोशी प्रदेश महासचिव राजेश खनाल, सिप्रदीका च्यानल पार्टनरहरु लगायत यातायात क्षेत्रसँग आबद्ध रहेका विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा सम्पन्न भएको हो।

कार्यक्रममा बोल्दै सिप्रदी ट्रेडिङ प्रालिका सहायक महाप्रबन्धक दिवश बाबु सुबेदीले विद्युतीय गाडीहरुको फाइदा र सञ्चालनका हिसाबले अत्यन्तै किफायती, सहज र सुविधायुक्त हुनुका साथै सुरक्षाका दृष्टिकोणले समेत टाटाका गाडीहरु सुरक्षित देखिएको उल्लेख गरे। 


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११७:३९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend