शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य लगातार उचाइतर्फ, नेपाली बजारमा अहिलेसम्मकै महँगो

सोमबार, कात्तिक ५ २०८१
सुनको मूल्य लगातार उचाइतर्फ, नेपाली बजारमा अहिलेसम्मकै महँगो

त्यस्तै सोमबार चाँदी तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। आइतबार चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भइ १ लाख ६५ हजार ६ सय रुपैयाँ पुगेको छ।

हिजो आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले नै वृद्धि भइ कीर्तिमानि १ लाख ६५ हजार रुपैयाँ कायम भएको थियो। त्यसअघि गएको शुक्रबार सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै सोमबार चाँदी तोलामा २ हजार ९५ रुपैयाँमा कारोबार भइरहेको छ। जुन अहिलेसम्मकै उच्च मूल्य हो। आइतबार चाँदी तोलाको २ हजार ७५ रुपैयाँमा कारोबार भएको थियो। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ। यसैगरी अमेरिकी चुनाव र मध्यपूर्वी क्षेत्रमा देखिएको युद्धलाई पनि सुनको मूल्य बढ्नुको कारण मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।


प्रकाशित : सोमबार, कात्तिक ५ २०८११०:४८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend