शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
रवि लामिछानेलाई अदालत उपस्थित गराइयो

लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए। अदालत जानुपूर्व लामिछानेले कानूनी प्रकृयालाई सहयोग गर्ने प्रतिक्रिया दिएका थिए।

images
images

गण्डकी- सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको छ। 

images
images
images

शुक्रबार पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनीविरुद्ध अनुसन्धान गर्न म्यादको अनुमतिका लागि अदालतमा उपस्थिति गराइएको हो।

images
images

लामिछानेलाई अदालत लैजाने क्रममा रास्वपाका सासंद, नेता तथा कार्यकर्ताले विरोध गरेका थिए। अदालत जानुपूर्व लामिछानेले कानूनी प्रकृयालाई सहयोग गर्ने प्रतिक्रिया दिएका थिए।

images
images

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिबी राई)सँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको आरोपमा उनीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ।

लामिछानेलाई शुक्रबार बेलुका काठमाडौंमा पक्राउ गरी शनिबार बिहान पोखरा ल्याइएको थियो। रासस


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११३:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend