शुक्रबार, जेठ ९ गते २०८२    
शुक्रबार, जेठ ९ २०८२
images
images

राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन अर्थमन्त्रीको निर्देशन

'पुँजी परिचालन र लगानी बढाउन अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने'

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, कात्तिक ४ २०८१
images
राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन अर्थमन्त्रीको निर्देशन

बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए।

images
images

काठमाडौं- व्यावसायिक र औद्योगिक वातावरण सिर्जनामा केन्द्रित हुने गरी अर्थ मन्त्रालयले आवश्यक प्रक्रिया अगाडि बढाउने भएको छ।

images
images
images

अर्थ मन्त्रालयमा आज बसेको उच्च व्यवस्थापन समूहको बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले थप पुँजी परिचालन र लगानी वृद्धिका लागि अर्थ मन्त्रालय व्यावसायिक तथा औद्योगिक वातावरण सहज बनाउन केन्द्रित हुने बताएका हुन्। उनले राजस्व संकलन र पुँजीगत खर्चका लागि अझ बढी सामर्थ्य लगाउन निर्देशन दिए।

images
images

राजस्व सचिव दिनेशकुमार घिमिरेले मुलुकमा थप व्यावसायिक र औद्योगिक वातावरण बने राजस्वमा समेत सकारात्मक प्रभाव पर्ने बताए।

images
images

बैठकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपालले बाढीपहिरोबाट पुगेको क्षतिको पुनःनिर्माणका लागि स्रोत व्यवस्थापनमा समस्या नभएको जानकारी गराएका थिए। बैठकमा मन्त्रालयका उच्च पदस्थ अधिकारीको सहभागिता थियो। 


प्रकाशित : आइतबार, कात्तिक ४ २०८११३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend