शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुग्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च

आइतबार, कात्तिक ४ २०८१
प्रतितोला १ लाख ६५ हजार रुपैयाँ पुग्यो सुनको मूल्य, अहिलेसम्मकै उच्च

चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार लागि २ हजार ७५ रुपैयाँ निर्धारण भएको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज आइतबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले वृद्धि भइ १ लाख ६५ हजार रुपैयाँ कायम भएको छ। 

महासंघका अनुसार गएको शुक्रबार छापावाल सुन प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। 

त्यस्तै चाँदीको मूल्य तोलामा ९५ रुपैयाँले वृद्धि भएको छ। शुक्रबार प्रतितोला १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज आइतबार लागि २ हजार ७५ रुपैयाँ निर्धारण भएको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।


प्रकाशित : आइतबार, कात्तिक ४ २०८१११:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend