शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

एभरेष्ट बैंकले मनायो स्थापनाको ३० औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
एभरेष्ट बैंकले मनायो स्थापनाको ३० औँ वार्षिकोत्सव, सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम गर्दै

काठमाडौं- एभरेष्ट बैंक लिमिटेडले ३० औँ वार्षिकोत्सव मनाएको छ। उक्त्त अवसरमा १ गते बिहीबार बैंकको प्रधान कार्यालय, लाजिम्पाटमा रक्तदान तथा बैंकमा लामो समयसम्म सेवा गर्ने कर्मचारीहरुलाई दीर्घ सेवा पदक तथा कदर पत्र वितरण गरिएको छ।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत बिभिन्न कार्यक्रम घोषणा समेत गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण, संस्कृति प्रबर्धन लगायतका क्षेत्रहरुमा सहयोग तथा परोपकारी कार्य गर्दै आइरहेको छ।

३० औँ वार्षिकोत्सवको अवसरमा काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताललाइ भवन निर्माण कार्यका लागि बैंकको तर्फबाट एक करोड रुपैयाँको आर्थिक सहयोग गरेको छ।

उक्त कार्यक्रममा, एभरेष्ट बैंकका संचालक समितिका अध्यक्ष श्री बालगोपाल बैद्य र प्रमुख कार्यकारी अधिकृत श्री सुदेश खालिङले संयुक्त रुपमा अस्पतालका अध्यक्ष प्रा. डा. भगवान कोइरालाू लाई उक्त चेक हस्तान्तरण गरे। यसबाट अस्पताल निर्माणमा थप टेवा पुग्ने र बालबालिकाहरुले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने बैंकले विश्वास लिएको जनाएको छ। 

सामाजिक उत्तरदायित्वअन्तर्गत नै बैंकले नेपाल रेडक्रस सोसाइटी, बागबजार काठमाडौंको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ। उक्त कार्यक्रममा बैंकका कुल ४८ जना कर्मचारीले रक्तदान गरेका छन्।

पंजाब नेशनल बैंक, भारत, संगको संयुक्त लगानीमा स्थापित यो बैंक स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइमा रहेको छ।

करिब १४ लाख ग्राहक संख्या रहेको यस बैंकका देशभर १२९ शाखा कार्यालय, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु र १६७ एटिएम मेशीनसहित विश्वब्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ। यस बैंकले बिभिन्न ३२ स्थानबाट नेपाल सरकारको राजस्व संकलन कार्य समेत गर्दै आइरहेको छ। 

 


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११५:५३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend