शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

लुक्लाको मौसम प्रतिकूल हुँदा पर्यटकलाई सास्ती, एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, कात्तिक २ २०८१
images
images
लुक्लाको मौसम प्रतिकूल हुँदा पर्यटकलाई सास्ती, एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिए

नागरिक उडययन प्राधिकरण रामेछापका कार्यलय प्रमुख हिरोण शाहले अनुकूल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताए।

images
images

रामेछाप- लुक्लामा मौसम खराब भएपछि एक हजारभन्दा बढी पर्यटक मन्थलीमा रोकिएका छन्। लुक्ला हुँदै सगरमाथालगायतका क्षेत्रमा पदयात्रा तथा घुम्न जाने स्वदेशी र विदेशी पर्यटक मन्थली विमानस्थल हुँदै त्यसतर्फ जाने गरेका छन्।

images
images
images

काठमाडौंलगायतका विभिन्न स्थानबाट मन्थली आइपुगेका पर्यटकहरु लुक्लाको मौसम उडानयोग्य नभएपछि मन्थलीमै रोकिएका हुन्।

मौसममा सुधार नआएपछि केही पर्यटक भने अन्यत्रैको गन्तव्यतर्फ लागेका छन् भने केही पर्यटक सडकमार्गबाट सोलुखुम्बुतर्फ लागेको यहाँका पर्यटन व्यवसायीले जनाएका छन्। 

images

सोलुखुम्बुको खुम्बु क्षेत्रको मौसम खराब हुँदा सोमबारदेखि मन्थली लुक्ला नियमति उडान हुन नसकेको नेपाल नागरिक उड्ययन प्राधिकरण रामेछाप कार्यालयका सूचना अधिकारी प्रज्जवल गुरागाइँले जानकारी दिए। 'सोमबारदेखि यहाँ पर्यटक रोकिएका छन्, बुधबार केही उडान भएपनि त्यसयता फेरि उडान प्रभावित भएको छ' उनले भने।

images

उनका अनुसार बिहीबार मात्रै विभिन्न कम्पनीका हेलिकप्टहरुले २८ वटा उडानमार्फत एक सय ३५ पर्यटकलाई सोलुको फाप्लु तथा सुर्के पुर्‍याएका थिए। नियमित उडान नहुँदा मन्थलीमा एक हजार तीन सयभन्दा बढी पर्यटकहरु रोकिएका छन्। 

हवाई उडान प्रभावित हुँदा दैनिकजसो मन्थलीमा पर्यटक बढिरहेकाले होटलमा समेत रुम पाउन मुस्किल भइसकेको जनाइएको छ। हाल मन्थलीका होटलसँगै यहाँका होमस्टे पनि पर्यटकले भरिभराउ भएको होटल तथा पर्यटक व्यवसायी सङ्घले जनाएको छ। 

शरद ऋतु पर्यटकका लागि उपयुक्त समय भएका कारण  यस बेला रामेछापको मन्थलीबाट लुक्ला हुँदै सगरमाथाको आधार शिवरसम्म भ्रमण गर्ने पर्यटक बढेका छन्। 

नागरिक उडययन प्राधिकरण रामेछापका कार्यलय प्रमुख हिरोण शाहले अनुकूल मौसम भएका समयमा मन्थली विमानस्थलबाट दैनिक ५५ वटासम्म उडान हुने गरेको बताए। उनका अनुसार बुधबार विमान कम्पनीका विमानले १८ वटा उडानमार्फत तीन सयभन्दा बढी पर्यटकलाई मन्थलीबाट लुक्ला पुर्‍याउने र लुक्लामा रोकिएकालाई मन्थली ल्याएका थिए। रासस


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८११५:३६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend