शुक्रबार, असार ५ गते २०८३    
शुक्रबार, असार ५ २०८३

सुनको मूल्य पुन: उच्च, तोलाकै १ लाख ६४ हजार ४ सय रुपैयाँ

शुक्रबार, कात्तिक २ २०८१
सुनको मूल्य पुन: उच्च, तोलाकै १ लाख ६४ हजार ४ सय रुपैयाँ

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। बिहीबारका १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई हजार रुपैयाँले बढेको हो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend