शुक्रबार, कात्तिक २ गते २०८१    
images
images

सुनको मूल्य पुन: उच्च, तोलाकै १ लाख ६४ हजार ४ सय रुपैयाँ

images
शुक्रबार, कात्तिक २ २०८१
images
images
सुनको मूल्य पुन: उच्च, तोलाकै १ लाख ६४ हजार ४ सय रुपैयाँ

चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

images
images

काठमाडौं- नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ। बिहीबारका १ लाख ६२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन शुक्रबार दुई हजार रुपैयाँले बढेको हो। 

images
images
images

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन तोलाको १ लाख ६४ हजार ४ सय रुपैयाँ पुगेको छ। 

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको हो। अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ।

images

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

images

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रतितोला १ हजार ९ सय ५० रुपैयाँ रहेको चाँदी शुक्रबार १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ। 


प्रकाशित : शुक्रबार, कात्तिक २ २०८१११:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend