काठमाडौं- सुनको मूल्य तोलामा ६ सय रुपैयाँले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन गत असोज ३० गते १ लाख ६१ हजार ८ सय रुपैयाँमा कारोबार भएकामा आज बिहीबारका लागि भने १ लाख ६२ हजार ४ सय रुपैयाँ निर्धारण भएको छ।
यस्तै चाँदीको मूल्यमा परिवर्तन भएको छैन। चाँदी आजका लागि प्रतितोला १ हजार ९ सय ५० रुपैयाँमा कारोबार हुनेगरी निर्धारण भएको छ।