बुधबार, कात्तिक ७ गते २०८१    
images
images

सिलौटो बेचेर मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् अनिल

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, असोज ३० २०८१
images
images
सिलौटो बेचेर मासिक ४० हजार रुपैयाँसम्म आम्दानी गरिरहेका छन् अनिल

एउटा सिलौटो चार सयदेखि ५ सय ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। एक जोर जाँतो एक हजारदेखि एक हजार तीन सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।

images
images

सुनसरी- सुनसरीको इटहरी उपमहानगरपालिका-६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका-४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए। उनी लोहोरो, जाँतो, सिलौटोलगायत सामग्री बनाएर बिक्री गर्दै आएका छन्। सन्तराजले यही व्यापारबाट जीविकोपार्जन गर्दै आएका छन्। 

images
images
images

उनले भने, 'सिलौटा बनाउने हाम्रो पुर्ख्यौली पेसा नै हो। तीन पुस्तादेखि गरिँदै आएको पेसालाई मैले पनि निरन्तरता दिँदै आएको छु।'

इटहरी बजारको व्यस्त सडकमा चर्को घाममा सन्तराज ढुङ्गाका सामाग्री बिक्री गर्दै आएका छन्। नजिकैको खोला किनारमा प्लास्टिकको छानोमुनि दिनभर घन र छिनोको साहायताबाट उनले ढुङ्गालाई विभिन्न आकार दिनुका साथै बुट्टा भर्दै आएका छन्। उनले खोलाको किनारमा ती सामग्री बिक्रीका लागि लहरै राखेका छन्। 

images

'विदेशमा गएर दुःख गर्नुभन्दा यही पुर्ख्यौली पेसा सिलौटो व्यापारबाट आम्दानी गर्दैआएको छु, दिनभर यही बसेर सामाग्री तयार गर्छु, बेलुका घर फर्किन्छु। अहिलेसम्म यही व्यापारबाट परिवारलाई खान लाउन पुगेको छ। आम्दानीसँगै आत्मसन्तुष्टि पनि मिलेको छ', सन्तराजले भने। 

images

सन्तराजले दैनिक तीनदेखि चार जोरसम्म लोहोरो र सिलौटा बनाउँदै आएका छन्। 'कहिले चार/पाँच वटासम्म बिक्री हुन्छ कहिले कत्ति पनि बिक्री हुँदैन। व्यापार हो, सधैँ एकनास हुँदैन', उनले भने।

लोहोरो, जाँतो, सिलौटालगायत सामग्री बिक्री गर्न सन्तराज जिल्लाका विभिन्न ठाउँ पुग्ने गरेका छन्। सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते, लेटाङ, धुलाबारीगायतका स्थानबाट ल्याउने गरेको उनले बताए।

व्यापारबाट घर खर्च कटाएर मासिक ४० हजार रुपैयाँसम्म आम्दानी हुँदै आएको सन्तराजले जानकारी दिए। उनले एउटै ठाउँलाई व्यापार गर्ने थलो बनाएका छन्। छोराले पनि उनलाई साथ दिँदै आएका छन्।  'पुर्ख्यौली पेसाको संरक्षण पनि भयो। साथमा आम्दानी पनि हुने भएकाले यो पेसालाई निरन्तरता दिएको हुँ', उनले भने। 

सन्तराजले केही सामान ग्राहकको मागअनुसार बनाउने गरेका छन्। एउटा सिलौटो तथा जाँतो बनाउन एक घण्टादेखि डेढ घण्टासम्म लाग्छ। उनले एउटा सिलौटो चार सयदेखि ५ सय ५० रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्। एक जोर जाँतो एक हजारदेखि एक हजार तीन सय रुपैयाँसम्ममा बिक्री गर्दै आएका छन्।

पछिल्लो समय आफ्नो व्यवसाय संकटमा पर्दै गएको उनको भनाइ छ। कुटानी पिसानीका लागि विभिन्न उपकरण बजारमा आएसँगै सन्तराजको पेसा संकटमा परेको हो। रासस


प्रकाशित : बुधबार, असोज ३० २०८११०:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend