बुधबार, कात्तिक ७ गते २०८१    
images
images

धनगढी खाद्यमार्फत सुपथ मूल्य पसलबाट ३८ लाख रुपैयाँको चामल बिक्री

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, असोज २९ २०८१
images
images
धनगढी खाद्यमार्फत सुपथ मूल्य पसलबाट ३८ लाख रुपैयाँको चामल बिक्री

सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको हो। सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने छ।

images
images

कैलाली- धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख रुपैयाँबराबरको चामल बिक्री गरेको छ। यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्वलक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो।

images
images
images

सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक/एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिए।

डडेल्धुरास्थित गोदामबाट एक सय ५६ क्विन्टल, डोटीको सिलगढीस्थित गोदामबाट दुई सय २६ क्विन्टल, कैलालीको धनगढीस्थित बिक्री कक्षबाट एक सय सात क्विन्टल र धनगढीको मोहनपुर गोदामबाट ४९ क्विन्टल चामल बिक्री भएको उनले जानकारी दिए।

images

कम्पनीले सबै प्रकारका चामलमा प्रतिकिलो पाँच रुपैयाँ छुट दिएर बिक्री गरिरहेको हो। सुपथ मूल्य पसल आगामी माघ २ गतेसम्म सञ्चालनमा रहने छ। रासस

images


प्रकाशित : मंगलबार, असोज २९ २०८११६:३४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend