मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

नबिल बैंकको लाभांश प्रस्ताव पुग्यो राष्ट्र बैंक, कति देला लाभांश?

images
मंगलबार, कात्तिक ६ २०८१
images
images
नबिल बैंकको लाभांश प्रस्ताव पुग्यो राष्ट्र बैंक, कति देला लाभांश?
images
images

काठमाडौं- नबिल बैंकको लाभांश प्रस्तावको फाइल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागमा पुगेको छ। नबिलले प्रस्ताव गरेको लाभांशमाथि राष्ट्र बैंकले अध्ययन भइरहेको जनाएको छ।

images
images
images

नबिलले गत आर्थिक वर्ष ७ अर्ब ६ करोड खुद नाफा गरेकोमा वितरणयोग्य नाफा ३ अर्ब ८५ करोड रहेको छ। उक्त वितरणयोग्य नाफाका आधारमा हेर्दा नबिल बैंकले १४.२६ प्रतिशत लाभांश दिने क्षमता राख्छ। 

नबिल बैंकको सञ्चालक समितिले १२ देखि १४ प्रतिशतको बीचमा रहेर लाभांश वितरणको अनुमति मागेको नबिल बैंक स्रोतको दाबी छ।

images

नबिल बैंकले प्रस्ताव गरेको लाभांश सबै नगद रहेको बताइएको छ। यद्यपी राष्ट्र बैंक भने सबै नगद लाभांश वितरण गर्न दिने पक्षमा छैन।

images

पुँजीकोषमा दबाब परेको भन्दै अग्राधिकार सेयर जारी गर्ने तयारीमा रहेको नबिल बैंकले सबै नगद लाभांश वितरण गर्दा भविष्यमा पुँजीकोषमा समस्या आउनसक्ने ठम्याइ राष्ट्र बैंकको छ। कर प्रयोजनका लागिमात्रै नगद लाभांश प्रस्ताव गरेर बाँकी रहेको बोनस सेयर घोषणा गर्न राष्ट्र बैंकले नबिल बैंकलाई दबाब दिने देखिएको छ।

गत आर्थिक वर्ष बैंकहरूले नगद लाभांश वितरण गर्दा संस्थाबाट नगद बाहिरिएसँगै बैंकहरूको पुँजीकोषमा दबाब परेकाले यसपटक नगदभन्दा बोनस सेयरमा नै जोड दिइरहेको राष्ट्र बैंक स्रोतले बताएको छ। 

'अहिलेको अवस्थामा नगद लाभांशभन्दा बोनस सेयर नै उचित हुने बुझाइ राष्ट्र बैंकको छ। नगद लाभांशलाई घटाएर बोनस सेयरमा नै राष्ट्र बैंकले यस वर्ष जोड दिन्छ। बोनस सेयर दिँदा बैंकहरूको पुँजी वृद्धि हुने भएकाले पुँजीकोषमा राहत प्रदान गर्छ। अर्कोतर्फ बोनस सेयर वितरण गर्दा नगद बैंकमा नै रहने भएकाले तरलता व्यवस्थापन गर्न सहज हुन्छ। त्यसैले ५ प्रतिशतसम्म लाभांश दिने क्षमता भएकाबाहेक बैंकहरूलाई राष्ट्र बैंकले बोनस सेयरमा नै बढी जोड गरिरहेको छ', स्रोतले भन्यो। 

बोनस सेयर वितरण गर्दा चुक्ता पुँजीमा वृद्धि भइ प्रतिसेयर आम्दानी र लाभांश कम हुने भएकाले नबिल बैंकले बोनस सेयरभन्दा नगद लाभांशमा नै जोड गरेको हो।

अहिले नगद लाभांश वितरण गर्ने र भविष्यमा पुँजीमा दबाब आएमा अग्राधिकार सेयर जारी गरेर जाने रणनीतिमा नबिल बैंक देखिन्छ। तर नबिल बैंकले प्रस्ताव गर्ने नगद लाभांशमध्ये कम्तिमा आधा नगद र आधा बोनस सेयर बनाउन लगाउने पक्षमा राष्ट्र बैंक देखिन्छ। राष्ट्र बैंक नबिल बैंकले गरेको प्रस्तावमा राष्ट्र बैंक सहमत भएपछि मात्रै लाभांश वितरणको प्रकृया अगाडि बढ्नेछ।


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८१०६:३१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend