मंगलबार, कात्तिक ६ गते २०८१    
images
images

९ हाइड्रोपावर कम्पनीका सेयरधनीलाई लाभांश घोषणा, कुनको कति?

images
मंगलबार, कात्तिक ६ २०८१
images
images
९ हाइड्रोपावर कम्पनीका सेयरधनीलाई लाभांश घोषणा, कुनको कति?
images
images

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ सम्मको नाफाबाट हालसम्म जलविद्युत समूहतर्फका ९ कम्पनीले लाभांश घोषणा गरेका छन्।  नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत ९१  जलविद्युत् कम्पनीमध्ये  ९ कम्पनीले लाभांश घोषणा गरेका हुन। 

images
images
images

अपी पावर, माण्डु हाइड्रोपावर, अरुण भ्याली हाइड्रोपावर, भगवती हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मन्दाकिनी हाइड्रोपावर, सुपर माई हाइड्रोपावर, साहस उर्जा र रुरु जलविद्युत परियोजनाले गत आवको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेका छन्। 

जसमध्ये साहस उर्जा, भगवती हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर र माण्डु हाइड्रोपावरको प्रस्तावित लाभांश साधारण सभाबाट पारित भइसकेको छ । साहस उर्जाले  ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत नगद लाभांश पारित गरिसकेको छ।

images

भगवती हाइड्रोपावरले असोज १६ गते सम्पन्न वार्षिक साधारण सभाले ४ प्रतिशत बोनस सेयर र १०. ७३६८ प्रतिशत नगद लाभांश पारित गरेको हो। त्यसैगरी, माण्डु हाइड्रोपावरले १२ प्रतिशत नगद लाभांश असोज १४ गते सम्पन्न वार्षिक साधारण सभाले पारित गरेको हो। 

images

सुपर मादी हाइड्रोपावरले गत आवको नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। यो प्रस्ताव कम्पनीको वार्षिक साधारण सभाले पारित गरेको छ। 

रुरु जलविद्युत परियोजनाले गत आवको सेनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ।  कम्पनीको बुक क्लोज भइसकेको छ ।

त्यस्तै, अरुण भ्याली हाइड्रोपावरले गत आवको नाफाबाट सेयरधनीलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यस कम्पनीको बुक क्लोज भइसकेको छ। 

मन्दाकिनी हाइड्रोपावरले गत आवको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०. २६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

त्यस्तै अपि पावर कम्पनीले गत आवको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। यस कम्पनीको बुक क्लोज भएको छ। 

सुपर माई हाइड्रोपावरले गत आवको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र करसहित ५.६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।


प्रकाशित : मंगलबार, कात्तिक ६ २०८१०६:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend